अब यसरी परिवर्तन हुन्छ, तपाईंको बाइक वा कारको नम्बर प्लेट

काठमाडौं । सरकारले प्रदेश संरचनाअनुसार सवारीसाधनको दर्ता गर्ने निर्णय गरेसँगै प्रदेश सरकार मातहतमा सवारीसाधन दर्ता सुरु भएको छ । बागमती अञ्चल कार्यालयले मोटरसाइकल दर्ताको ‘लट–नम्बर ९९’ पूरा गरेसँगै तीन अङ्कको ‘लट–नम्बर’ दिन नीतिगत समस्या सिर्जना भएसँगै संविधानको मर्मबमोजिम नयाँ ब्यवस्थाअनुसार दर्ता हुन सुरु भएको हो ।

अब नेपालका सबै प्रदेशमा दर्ता हुने नयाँ सवारीसाधन प्रदेश सरकारको मातहतमा दर्ता हुनेछन् भने यसअघि दर्ता भई सञ्चालनमा रहेका सवारीसाधनको समेत नम्बर–प्लेट परिवर्तन हुनेछ ।

कसरी पुराना सवारीसाधनको नम्बर–प्लेट नयाँ ब्यवस्थाअनुरुप बनाउने भन्ने विषयमा सरोकारवाला निकायको बीचमा छलफल भैरहेको छ । त्यसका लागि यातायात ब्यवस्था विभागले नयाँ विकल्प पहिल्याएको विभागका महानिर्देशक लावन्यकुमार ढकाल बताउँछन् ।

‘अब मोटरसाइकल, कार, जीप, भ्यान वा अन्य कुनै पनि दर्ता भएका सवारीसाधन रिनु गर्न आउँदा उसलाई नयाँ नम्बर दिएर पठाउने ब्यवस्था मिलाउँदैछौँ’ ढकालले मेरोअटोसँग भने ।

यसरी नम्बर परिवर्तन गर्न एक वर्ष लाग्ने ढकालको बुझाई रहेको छ ।

यो प्रक्रियाबाट नम्बर परिवर्तन गर्दा विगतमा वार्षिकरुपमा राजस्व तिर्न जान नभ्याएका वन जान नचाहेका मानिसहरूले पनि गएर राजस्व बुझाउनेछन् । जसले सवारीसाधन नवीकरणवापत् संकलन हुने राजस्वको परिणाम पनि बढ्ने देखिन्छ ।

पुनः परिवर्तन गर्नुपर्ने हुनसक्छ

यातायात ब्यवस्था विभागले यसअघि नै केही सवारीसाधनमा लगाइसकेको इम्बोस्ड नम्बर–प्लेट पछिल्लो दिनमा विवाद भएपछि सर्वोच्च अदालतमा मुद्दा परेकाले रोकिएर बसेको छ ।

अदालतबाट यो मुद्दाको किनारा लाग्नेबित्तिकै पुनः इम्बोस्ड नम्बर–प्लेट लाग्नसक्ने अवस्थासमेत रहेको छ । यदि यस्तो भयो भने उपभोक्ताले कम्तीमा दुईपटक अझै नम्बर–प्लेट परिवर्तन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *