यि तीन कारण नेपाली बजारमा चर्चित बन्यो टीभीएस १६० फोर भी

काठमाडौं । कुनैपनि मोटरसाइकल होस् गाडी चर्चित बन्न विशेष हुनु पर्छ । यदि विशेष फरकपन र खर्चका हिसावले राम्रो मानियन भने त्यो उत्पादन बजारमा असफल हुन्छ । यदि उत्पादन राम्रो भयो भने बजारमा त्यसको माग आफैँ हुन्छ र चर्चा बटुल्न सुरु हुन्छ ।

यस्तोमा टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारीक वितरक जगदम्बा मोटर्सले गत बर्ष नाडा अटो शोमा सार्वजनिक गरेको मोटरसाइकल अपाचे आरटीआर १६० फोर भीले नेपाली बजारमा लोकप्रिय बाइकमा आफ्नो स्थान बनाउन सफल भएको छ ।

विशेष गरेर १५० सीसीका मोटरसाइकललाई इन्ट्रिलेवल सेग्मेन्टको रुपमा युवाहरुले रुचाउन थालेसँगै टीभीएस आटरटीआर १६० फोर भी  कम्पनीको सार्वाधिक बिक्री हुने बाइक बन्न सफल भएको हो ।

कम मूल्यमा जुन फिचरसहितको बाइक हामीले बिक्री गरिरहेका छाैं, त्यसले युवापुस्तालाई तान्न सफल भएको दाबी गर्छन् कम्पनीका भाइसप्रसिडेन्ट दिपक अग्रवाल ।

‘भ्यालुफर मनी, अत्यन्तै आर्कषक र मेडिकल्ली प्रुफ आरामदायी पनका कारण १६० सीसी सेग्मेन्टमा रहेको यो बाइकले युवा पुस्तालाई आर्कषित गरेको हो’ अग्रवालले मेरोअटोसँग भने ।

हामीले बाइकको करिब एक वर्षको लामो रिभ्यूपछि यो बाइक लोकप्रिय हुनुका कारण पत्ता लगाएका छौं ।

१. लुक्स 

टीभीएस २०० ४ भीमा आधारित १६० फोर भीको पहिलो आकर्षक पक्ष भनेको लुक्स हो । नेकेड डिजाइनमा आधारित यो बाइकको फ्रन्ट लुक सार्प रहेका छ ।

यसमा रहेका एग्रेसीभ डे टाइम रनिङ हेडल्याम्पले बाइकको फ्रन्ट लुकलाई आकर्षक बनाएको छ । आर्कषक मस्कुलर फ्यूल ट्याङक, सिगंल पिस ह्यान्डल बार, कम्फर्ट राइडर तथा पिलियन सिट, ठुलो टायर जस्ता फिचरले यसको बाहिरि आर्कषण प्रस्ट देखाउँछ ।

यसको मस्कुलर रेसिङ लुक्सले युवा वर्गको पहिलो रोजाइमा १६० फोर भी परेको हो ।

२. पावर

टिभीएस आरटीआर १६० फोर भी, इण्डियन नेशनल मोटरसाइकल रेसिङ्ग च्याम्पियनशिप (आइएनएमआरसी) को छ पटकको बिजेता मोटरसाइकल हो ।

‘टिभीएस अपाचे आरटीआर १६० फोर भी नेपालमा आयोजना हुने सबै जसो रेसिङ प्रतियोगितामा सहभागि हुने गरेको छ । नेपाली रेसरहरुको समेत पहिलो रोजाइमा यो बाइक पर्ने गरेको पाइन्छ ।

नेपाली बजारमा टीभीएस आरटीआर ११६० फोर भी कार्बोरेटोर भेरिअण्टमा उपलब्ध रहेको छ । यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ ।

पावरको कुरा गर्दा उक्त इन्जिनले १६.५ पी एस पावर ८००० आरपीएम मा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ। पावर राइडिङ्गको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियर बक्स दिइएको छ ।

आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी पावर टु वेट रेसियोमा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ। जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रति घण्टा मात्र ४.८ सेकेन्डमा पुरा गर्छ।

३. माइलेज/कन्सोल

आर्कषक १२ लिटरको फ्यूल ट्याङक रहेको यो बाइकले ४० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । हाम्रो लामो अनुभवले पनि हाइवेमा कम्पनीको दाबीलाई सहि देखाएको छ ।

यसले सिटी राइडमा भने ३५ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने छ । यो सेग्मेन्टमा टीभीएस रेसिङ डीएनए भएको अपाचे आरटीआर ४ भीको माइलेजलाई आकर्षक मान्न सकिन्छ ।

यसका अलावा यसमा रहेको फुल्ली डिजिटल कन्सोलमा समय, स्पीडो मिटर, फ्यूल गज, टेकोमिटर, ट्रीप मिटर, लो फ्यूल इन्डिकेटर, सर्भिस वार्निङ, हाइ स्पीड रेकर्ड, आरपीएम वार्निङलगायतका विशेषता देख्न सकिन्छ ।

नेपाली बजारमा यो बाइकको मूल्य २ लाख ८६ हजार ९ सय रुपैयाँ रहेको छ । साथै, टीभीएस अपाचे १६० फोर भी आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *