बार्सिलोनाले किन्यो १ सय ५ मिलियनमा डेम्बाले

भदौ १० । बार्सिलोनाले बोरुसिया डर्टमण्डका स्ट्राईकर ओसामाने डेम्बालेलाई अनुबन्धन गरेको छ । ब्राजिलियन फरवार्ड नेयमार पीएसजी गएपछि उनको ठाउँमा बार्सिलोनाले डेम्बालेलाई १ सय ५ मिलियन युरो खर्चेर भित्र्याएको हो ।

 

डेम्बालेले बार्सिलोनासँग शुक्रबार पाँच वर्षको लागि सम्झौता गरेका छन् । सम्झौतासँगै उनले अब बार्सिलोनाबाट ११ नम्बरको जर्सी लगाएर खेल्नेछन् ।

यससँगै डेम्बाले फुटबलको दोस्रो महँगो खेलाडी बनेका छन् । बार्सिलोनाले नेयामारलाई केही साताअघि पीएसजीलाई २ सय २२  मिलियन युरोमा बचेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *