कानून विपरित वित्तिय कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीका ८ संचालक पक्राउ

काठमाडौं। कानून विपरित वित्तीय कारोबार गर्ने इन्भेस्टमेन्ट प्रालिका आठ जना संचालकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सुनसरी र मोरङमा अवैध रुपमा संचालन गर्ने कम्पनीका संचालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा आपन इन्भेष्टमेन्ट प्रालिका संचालक श्याम पेशकार थारु र भिमप्रसाद चौधरी, हलेसी इन्भेष्टमेन्ट प्रा.लि. धरानका संचालक चन्द्र विक र अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा.लि. विराटनगरका संचालक राजु शाह, इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड, इटहरीका सुनिल गुरागाई र इन्भेष्टमेन्ट प्रालि इटहरी डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्य रहेका छन्।

नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोबार गर्ने अनुमति नलिई गैर कानूनी तवरले आफूलाई प्राप्त कानूनी दायरा विपरित स्थानीय जनताहरुसंग बचत संकलन तथा ऋण प्रवाह गर्ने लगायतको वित्तीय कारोवार गरिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *