राजधानीको घरजग्गा कारोबारमा मन्दी, महिना दिनमै राजश्व ३१ प्रतिशतले झर्यो

काठमाडौं। पुसमा उपत्यकाको घरजग्गा कारोबारमा गिरावट आएको छ। मंसिरमा ८१ करोड रुपैयाँ राजश्व संकलन भएको उपत्यकाबाट पुसमा भने ५६ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको छ। उपत्यकामा पुसमा संकलन भएको राजश्व मंसिर महिनाको तुलनामा २५ करोड रुपैयाँले कम हो।

उपत्यकामा पुसमा सबैभन्दा धेरै डिल्लीबजार मालपोत कार्यालयको राजश्वमा गिरावट आएको छ। पुसमा १४ करोड ३५ लाख रुपैयाँ राजश्व संकलन गरेको डिल्लीबजारले मंसिरमा भने २१ करोड ७९ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो।

ललितपुर मालपोत कार्यालयले पनि पुसमा १४ करोड ७१ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ। मंसिरमा भने १८ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो।

ठूला घरजग्गा कारोबार हुने डिल्लीबजार र ललितपुर मालपोत कार्यलयमा घरजग्गा कारोबार सोचे अनुसार नहुँदा समग्र राजश्वनै प्रभावित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

टोखा मालपोत कार्यलयले पुसमा दुई करोड ५० लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ। मंसिरमा भने टोखाको राजश्व तीन करोड रुपैयाँ संकलन भएको थियो।

भक्तपुर, कलंकी र चाबहिलको राजश्व सामान्य बृद्धि
मंसिरको तुलनामा पुसमा भक्तपुर, कलंकी र चाबहिलको राजश्वमा सामान्य वृद्धि भएको छ। पुसमा नौ करोड ४८ लाख रुपैयाँ राजश्व संकलन गरेको भक्तपुरले मंसिरमा भने आठ करोड ९३ लाख रुपैयाँ मात्र संकलन गरेको थियो।

त्यसैगरि पुसमा १० करोड ९१ लाख रुपैयाँ राजश्व संकलन गरेको कलंकी मालपोत कार्यालयले मंसिरमा १० करोड ७७ लाख रुपैयाँ संकलन गरेको थियो। पुसमा ११ करोड ७० लाख रुपैयाँ राजश्व संकलन गरेको चाबहिल  मालपोत कार्यालयले मंसिरमा भने १० करोड १८ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो।

मालपोत कार्यलय मनमैजु र साँखुको राजश्वमा पनि सामान्य वृद्धि भएको छ। पुसमा चार करोड ४० लाख रुपैयाँ राजश्व संकलन गरेको मनमैजुले मंसिरमा तीन करोड ६६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो। त्यसैगरि पुसमा दुई करोड ८५ लाख रुपैयाँ राजश्व  संकलन गरेको साँखुले मंसिरमा दुई करोड ७६ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *