सहकारीमार्फत अार्थिक विकास सम्भव

विरगंज, पर्सा । राष्ट्रिय सहकारी बैंक लिमिटेड विरगंज शाखाको आयोजनामा विरगंज स्थित राष्ट्रिय सहकारी बैंकको शाखा कार्यालय बिस्तार पश्चात कार्यालय उद्घाटन तथा बैंकको सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय सहकारी बैंक विरगंज शाखा समन्वय समितिका संयोजक राजेश पंडितको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता र बैंकका प्रबन्ध संचालक केवी उप्रेतीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा बैंकका प्रबन्ध संचालक के।वी। उप्रेतीले बैंकको वर्तमान अवस्था, बैंकले सदस्य सहकारी संघ÷संस्थाहरुलाई दिदै आइरहेको विभिन्न सेवा सुविधा तथा भावि योजनाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सहकारी बैक सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप सहकारी संघ÷संस्थाहरुको प्रर्वद्धन, विकास एंव वित्तिय आवश्यकताको लागी स्थापना भएकोले सहकारी संघ÷संस्थाहरुले सम्पुर्ण कारोवार यसै बैंक संग मात्र गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिका अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी संघ÷संस्थाको प्रर्वद्धन र गुणात्मक विकासको लागी राज्य र सहकारी अभियानले मिलेर काम गर्न जरुरी रहेको बताउनुभयो राष्ट्रिय सहकारी बैंकले सहकारी संघ÷संस्थाहरु मार्फत समृद्ध समाज निर्माण गरि समुदायको आर्थिक विकास र समृद्धिका लागी महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले राष्ट्रिय सहकारी बैंक लाई मुलुकभरिको सहकारी संघ÷संस्थाहरुको केन्द्रीय बैंक बनाउन आवश्यक रहेकोले सबै जना त्यसमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा विभिन्न सहकारी संघ÷संस्थाका प्रतिनिधिहरुले सहकारी बैंक र सहकारी अभियानका बारेको जिज्ञासा राखेको थिए भने बैंकका अध्यक्ष रमेश प्रसाद पोख्रेल तथा कार्यकारी प्रमुख के।वी। उप्रेतीले जिज्ञासाहरुको जवाफ दिनुभएको थियो । पर्सा जिल्लाका करिब १०० सहकारी संघ/संस्थाहरुको उपस्थिति रहेको सो कार्यक्रमा जिल्ला सहकारी संघ लि। पर्साका अध्यक्ष जोखन दास थारु, बचत तथा ऋण सहकारी संघ पर्साका उपाध्यक्ष असगर अलि अंसारी, कृषि सहकारी संघ लि। पर्साका अध्यक्ष शिव कुमार साह बचत तथा ऋण सहकारी संघ लि। वाराका अध्यक्ष सत्यन्द्र ठाकुर लगायतले मनतव्य राखेका थिए ।
कार्याक्रमको सहजिकरण राष्ट्रिय सहकारी बैंक लिमिटेड विरगंज शाखाका प्रमुख युवराज त्रिपाठीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *