मिस व्युटीक्वीन नेपाल२०१७ सम्पन्न..!!

#मिस_व्युटीक्वीन_नेपाल२०१७_सम्पन्न..!! ‘मिस व्युटी क्वीन नेपाल २०१७’ का लागि देशका विभिन्न भागबाट सहभागिता जनाउन आएका प्रतियोगीहरू राजधानीको सीडब्ल्यु रेस्टुरेन्टमा आ-आफ्ना प्रतिभा देखाउन ट्यालेन्ट र्‍याम्पमा उत्रिए । नाच, गीत, अभिनय, कविता, अभिव्यक्ति लगायतका प्रतिभा प्रस्तुत गरिए। ग्रान्ड फिनाले भने आउँदो विहीबार राष्ट्रिय नाचघर, जमलमा हुने आयोजकले जनाए । आयोजकले प्रतियोगीहरूको अनलाइन भोटिङ पनि सुरू गरेको छ । नेपाली मोडलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यकासाथ मोडलिङमा जमेका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धिहरूलाई अफिसियल मिडिया आर्टिस्ट नेपालको अफिसियल फेसबुक पेज Artist Nepal मा गएर आफूलाई मनपर्ने प्रतियोगीलाई पब्लिक च्वाइस अन्तर्गत टाइटलका लागि भोट गर्न सकिने आयोजक कमल खतिवडाले बताएका छन् । प्रतियोगितामा ममता तमाङ, शर्मिला विश्वकर्मा, सुशिला श्रेष्ठ, म्यागी लामा, अन्जिला आलेमगर, इन्दिरा श्रेष्ठ, अन्जना केसी, कुमारी रमिला राई, एल्जिना राई, हेमकला नाल्बो , निमा शेर्पा, मनिषा थापा, मनिषा पाण्डे, जेबिना लोहनी र श्रीजना खनालले प्रतिस्पर्धा गर्दैछन् । उक्त प्रतियोगिताको विजेताले विज्ञापन, चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागि हुन पाउनेछन् । छानिएका प्रतियोगीहरूलाई मोडल हिमानी सुब्बाले कोरियोग्राफी एवं प्रक्षिक्षण दिएकी छन् । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटोसेसन, महिला सशक्तीकरण, सञ्चार, कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटोसेसन, महिला सशक्तीकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको कोरियोग्राफर सुब्बाले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *