नेपालमा समृद्धिको आधारः ‘काठे सुन’ रोपौं, जडीबुटी बेचौं !

म ०७२ सालमा क्यानाडा गएको थिएँ । उपलब्ध प्राकृतिक स्रोत र साधनको व्यापक उपयोग मार्फत समृद्धिको अभियानमा देशमा योगदान पुर्‍याउन सकिन्छ भनेर म नेपाल फर्कें । झण्डै २५ वर्षको यसै क्षेत्रको अनुभवले पनि मलाई नेपाल फर्कन आन्दोलित गराइरहृयो ।

नेपाल फर्केपछि मैले ०७४ साल फागुन ४ गते अनलाइनखबरमा क्यानाडाबाट म यसकारण नेपाल फर्कें शीर्षकमा एउटा लेख प्रकाशित गरें । उक्त लेखमा वन र वनस्पतिसँग जोडिएका समृद्धिका सम्भावनाबारे पनि उल्लेख गरेको थिएँ ।

लेखलाई अनलाइनखबरका दशौं हजार पाठकले सेयर गर्नुभयो । लेख पढेर मलाई व्यक्तिगत रुपमा पाँचै महादेशमा रहनुभएका नेपालीहरुले फोनै गरेर “हाम्रो भावना तपाईंले बोलिदिनुभयो” भन्नुभयो । सयौंजनाले सकारात्मक प्रतिक्रिया दिनुभयो । व्यक्तिगतरुपमा पनि धेरैले धेरै किसिमका जिज्ञासा राख्नु भयो र अगाडि बढ्ने हौसला दिनुभयो । उहाँहरु सबैको चासो थियो, हाम्रो नेपालमा जग्गा छ, तर त्यो बाँझो भएर बसेको छ, के गर्न उपयुक्त हुन्छ ?

र, उहाँहरुको थप भनाइ थियो, म नेपाल फर्कने विचारमा छु । वन र जडिबुटीसँग सम्बन्धित कस्तो व्यवसाय गर्न उपयुक्त हुन्छ ? यी कुराले मलाई यस विषयको गहिराइमा पुग्न दवाब महशुुस भयो ।

अहिले जहातहीँ समृद्धि र विकासका बारेमा चर्चा हुने गरेको सुनिन्छ । यसबाट के प्रष्ट हुन्छ भने हामी प्राकृतिक श्रोत र साधनमा धनी हुँदाहुदै पनि गरिब भयौं । अब देशमा समृद्धि ल्याउनुपर्छ ।

नेपाललाई समृद्घ बनाउन पहिचान गरिएका क्षेत्रहरु हुन् – खानीको उत्खनन्, उन्नत कृषि प्रणालीको प्रयोग, जलविद्युतको विकास र पर्यटन प्रवर्धन । तर, झण्डै ४५ प्रतिशत भू-भाग वनजंगलले ढाकिएको र वहुमूल्य जडिबुटी पाइने र मूल्यवान जडिबुटीको  चर्चा सुनिँदैन

नेपाललाई समृद्घ बनाउन पहिचान गरिएका क्षेत्रहरु हुन् – खानीको उत्खनन्, उन्नत कृषि प्रणालीको प्रयोग, जलविद्युतको विकास र पर्यटन प्रवर्धन । तर, झण्डै ४५ प्रतिशत भू-भाग वनजंगलले ढाकिएको र वहुमूल्य जडिबुटी पाइने र मूल्यवान जडिबुटीको खेती व्यवसायको समेत सम्भावना बोकेको मुलुकमा यो क्षेत्रको चर्चा सुनिँदैन यो सेक्टरको व्यवसायीककरण भएमा रुख र जडिबुटी पनि मुलुकमा जलविद्युत र पर्यटन क्षेत्रले जस्तै समृद्धि ल्याउन सक्ने सम्भावनाको वाहक हो भनी पहिचान गराउने यो लेखको आशय हो ।

संसारलाई आश्चर्यचकित पर्ने महत्वपूर्ण पक्ष हाम्रो देशको भौगोलिक विविधता नै हो । उत्तर दक्षिणको करीब २५० किलोमिटरको दुरीमा संसारभर पाइने हावापानी पाइने हुनाले विविध वहुमुल्य वनस्पतिहरु पाइन्छन् । यो विविधता नै हाम्रा लागि वरदान हो । हामीले यो वरदानको सही रुपमा फाइदा लिन सकिरहेका छैनौं ।

यस्तो प्राकृतिक स्रोतको अपार सम्भावना हुँदाहुँदै पनि हामीलाई मुख्य दुई कारणले गरिव बनायो । प्रथम कारण हो- हामीले हाम्रो श्रोतको पहिचान गर्न सकेनाैं र दोश्रो कारण हो, पहिचान भएका श्रोतको व्यवसायीककरण गर्न सकेनौँ ।

एउटा ज्वलन्त उदाहरण हो, हामी अशोक बोक्रा भनी सालको बोक्रालाई जडिवुटीका रुपमा प्रत्येक वर्ष भारतबाट आयात गरिरहेका छौँ । तर, हाम्रा सालको बोक्रालाई पहिचानविना आगोमा बालिरहेका छौँ । जडिबुटीको क्षेत्रमा यस्ता थुप्रै उदाहरणहरु छन् ।

अबको बाटो के हो ?

जडिबुटीको व्यवसायिक खेती, यसको प्रशोधन र निकाशीबाट देशलाई समृद्ध बनाउन सक्ने एउटा महत्वपूर्ण आधार हो। देशभरमा अहिले करिब ८० वटा आयुर्वेद औषधी उत्पादन गर्ने उद्योगहरु छन् । ती सबैलाई आवश्यक कच्चा पदार्थ प्रायः बाहिरबाट नै आयात हुन्छ ।

गर्मी हावापानीमा उत्पादन हुने कच्चा पदार्थमध्ये झण्डै ९० प्रतिशत आयात गरिन्छ । गुगुल, निसोध, अश्वगन्धा जस्ता उष्ण प्रदेशमा पाइने तर सजिलै खेती गर्न सकिने जडिबुटी पनि ठूलो परिणाममा आयात हुन्छ । निकाशी मात्रै हामीसमक्ष चर्चा हुन्छ, तर जडिबुटीको आयातको चर्चा भएको सुनिँदैन ।

अगार उड वृक्षको व्यावसायीकरण गर्न सकेमा मुलुकलाई छिट्टै समृद्धि बनाउन सक्छ । यसको काठ सुन जस्तै हुन्छ र संसारभर नै यसको दिगो वजार भएकोेले यसलाई ‘कालो काठे सुन’ पनि भनिन्छ

तसर्थ वनस्पति र जडिबुटीहरु हाम्रो समृद्धिका एउटा आधार हुन सक्छन् । हाम्रो देश क्षेत्रफलको हिसावले सानो भए पनि जैविक विविधतामा धनी छ । हामीले आजसम्म पनि यो आधारको सही पहिचान र व्यवसायीककरण गर्न सकेनौँ ।

जडिबुटीको क्षेत्रमा मुख्य दुई प्रकारका सम्भावना देखिन्छन् । सुगन्धित वनस्पतीको प्रशोधनबाट सुगन्धित तेल निकाल्ने र निकासी गर्ने । सुगन्धित तेलको संसारभर वजार छ । फेरि हाम्रो हिमालय क्षेत्रबाट प्रशोधन भएको तेलको फेरि छुट्टै पहिचान र महत्व छ । यो सुगन्धित तेलको निकासीले केही मात्रामा भए पनि बढ्दो व्यापार घाटालाई फराकिलो हुन दिने छैन । औषधिजन्य जडिबुटीबाट बहुमुल्य तत्व पहिचान गरी बजारीकरण गर्ने अर्को पाटो हो । यस्तो कार्यमा हाम्रा रैथाने र आयतीत वनस्पती दुबैबाट नेपालको समृद्धि हुन सक्छ । ती बहुमुल्य वृक्ष र जडिबुटीमध्ये यहाँ केही वनस्पतीहरुको मात्रै चर्चा गरिएको छ ।

अगार उड वृक्षको व्यावसायीकरण गर्न सकेमा मुलुकलाई छिट्टै समृद्धि बनाउन सक्छ । यसको काठ सुन जस्तै हुन्छ र संसारभर नै यसको दिगो वजार भएकोेले यसलाई ‘कालो काठे सुन’ पनि भनिन्छ । यो वृक्षलाई नेपालमा आयात गरी व्यवसायिक उत्पादन पनि सुरु गरिएको छ । तर, राज्यलाई नै समृद्धि बनाउन सक्ने सम्भावना हुँदा पनि नेपाल सरकारको निति र कार्यक्रमबाट यो वृक्ष छाँयामा परेको देखिन्छ ।


अगार उडको बजार संसारभर छ । यसबाट पर्फ्युम बनाइन्छ । यो औषधिजन्य रुख पनि हो । तर, यो साइटिसको एपेन्डीकस सेकेण्डको प्रजाति भएकाले यसको व्यापारलाई राज्यले व्यवस्थित भने बनाउनुपर्छ ।

यो छिटो बढ्ने रुख हो । यो रुख रोपेपछि यसलाई ढुसीबाट आक्रमण गराउनुपर्छ । जब ढुसीले आक्रमण गर्छ, त्यसको प्रतिक्रियास्वरुप चोप निस्कन्छ । त्यो चोपले काठलाई कालो बनाउँछ । यस प्रक्रियाबाट काठ कालो हुने भएकोले यसलाई अगार उड भनिएको हो ।

नेपालको तराईदेखि मध्यपहाडी भेगसम्मका झण्डै १५ सय मिटरको उचाईको ठाउँमा अगर उडको सम्भावना देखिन्छ । यो वृक्ष पानी धेरै पर्ने ठाउँमा अझै राम्ररी फस्टाउँछ । नेपालको बढी वर्षा हुने कास्की जिल्लाको लुम्ले वरपरको क्षेत्रमा व्यवसायिक खेतीको धेरै सम्भावाना देखिन्छ । नेपालका २००० मिलीमिटर भन्दा बढी पानी पर्ने ठाउँको पहिचान गरी यसको खेती गर्न सके हाम्रो देशका बाँझा पाखाहरुबाट प्रशस्त लाभ लिन सकिन्छ ।

अब नेपालका पाखाहरु रोमान्टिक अर्थमा मात्रै होइन, वास्तवमै सुन फल्ने पाखा हुन् भन्ने विश्वास गर्न समय लगाउनुहुँदैन

नेपालमा कम पानी पर्ने थुप्रै ठाउँहरु छन् । कोशी नदीको वरिपरि, विशेष गरी रामेछाप लगायतका ठाउँमा अति कम वर्षा  हुने गर्छ । यसरी कम वर्षा हुने ठाउँको पहिचान गरी त्यस्ता सुख्खा ठाउँमा गुगुल जस्ता वृक्षको खेती गर्न सकिन्छ ।

त्यस्तै गुगुलको उत्पादनले यहाँ आयात रोक्ने मात्रै नभइ निर्यात गरेर विदेशी मुद्रा कमाउन सकिन्छ । अहिले यस विषयमा कुनै चर्चासम्म चलेको छैन । हामी यस क्षेत्रमा अग्रसरता लिन सक्छौं ।

हिजोआज धेरैले रुचि देखाएको र व्यवसायिक उत्पादन गर्न सकिने वनस्पति हो मोरिङ्गा । यो पोषणले भरिएको वनस्पति हो । अर्को महत्त्वपूर्ण कुरा, यो हाम्रै देशको रैथाने वनस्पति पनि हो । हामी कहाँ यो हेपिएर रहेको अवस्थामा छ ।

उष्ण जलवायु हुने भारत लगायतका अन्य देशहरुले यसको व्यवसायिक उत्पादनबाट ठूलो व्यापार र रोजगारी सिर्जना गरेका छन् । युरोप र अमेरिकाका ठुला मल र स्टोरहरुमा मोरिङ्गाका उत्पादनहरु बिक्री हुन्छन् । यो मोरिङ्गाबाट “सुपर फुड” बनाएर विदेशको बजारमा पनि नेपालले निर्यात गर्न सक्छ

 

अब नेपालले वृक्षारोपण होइन, रुखको खेती गर्नु पर्छ । आजसम्म वृक्षारोपण भए, देशको क्षेत्रफलभन्दा दशाैं गुणा बढी क्षेत्रफलमा वृक्षारोपण भए होला । तर, हराए र कता गए कता । यस्ता कार्यक्रमको परिणामस्वरुप आज हामीले मलेसिया र इण्डोनेसियाबाट काठ आयत गरिरहेका छौँ ।

अब रुखको खेती गरौँ ।काठको निकासी गराैं । व्यापार घाटा घटाऊँ र मुलुक समृद्धि बनाऊँ भन्ने अभियान चलाउनुपर्छ । यो अभियान सातवटै प्रदेशमा सञ्चालन भएमा समृद्धिको मुख्य आधार बन्न सक्छ ।

उच्च पहाडी क्षेत्रमा सजिलैसँग खेती गर्न सकिने र उच्च आर्थिक महत्वको जडिवुटीजन्य रुख होे लौठ सल्ला । योे रुख ठूलो हुने भए पनि चिया बगानमा पात संकलन गरे अनुसारको प्रविधि अपनाएमा सानै रुखहरु पनि यसका पात संकलन गर्न योग्य हुन्छन्

उच्च पहाडी क्षेत्रमा सजिलैसँग खेती गर्न सकिने र उच्च आर्थिक महत्वको जडिवुटीजन्य रुख होे लौठ सल्ला । योे रुख ठूलो हुने भए पनि चिया बगानमा पात संकलन गरे अनुसारको प्रविधि अपनाएमा सानै रुखहरु पनि यसका पात संकलन गर्न योग्य हुन्छन् । रोपेको २-३ वर्षदेखि नै पात संकलन गर्न सकिन्छ ।

नेपालका २०००-३००० मिटरसम्मका उचाइमा यसको व्यावसायिक खेती बिस्तार सुरु गर्नु पर्दछ । यसको पातबाट क्यान्सरको औषधी ‘ट्याक्सोल’ बन्छ । यो ट्याक्सोलको एक के.जी को मूल्य नै लाखौँ रुपैयाँ पर्दछ । यसको खेती र प्रशोधनले निर्यात र रोजगारीको श्रृजना गराउँदछ । यसरी नेपाललाई समृद्धि गराउन सक्ने वनस्पतीका थुप्रै उदाहरणहरु छन् ।

हामीले चुरे क्षेत्रलाई संरक्षण गरेका छाैं । अब संरक्षणलाई पनि व्यावसायीककरण गर्नु पर्दछ । यदि चुरेमा करञ्ज जस्ता वृक्षको खेती गरिएमा यसले नाईट्रोजन फिकसेसन गर्छ, जमिन उर्वर पार्दछ , यस्को पात गाईबस्तुको लागि घाँस हुन्छ । यसको काठबाट फर्निचर बनाउने काठ उत्पादन हुन्छ । फूल साह्रै राम्रो हुन्छ ।


करञ्जले वसन्त ऋतुमा फुलेर चुरेलाई रमणीय बनाउँछ र इकोटुरिज्मलाई प्रोत्साहन गर्न सक्छ । यसको फलको दानाबाट निस्कने तेलबाट बायोडिजेल बन्छ । यस्ता वृक्षलाई व्यावसायीकरण गर्नुपर्छ, तबमात्रै संरक्षण व्यावसायिकमुखी हुन्छ । हाम्रा देशका थुप्रै ठाउँहरुमा यस्ता व्यवसायीककरणका सम्भावना छन् । तिनीहरुको पहिचान हुन आवश्यक छ ।

अब नेपालका पाखाहरु रोमान्टिक अर्थमा मात्रै होइन, वास्तवमै सुन फल्ने पाखा हुन् भन्ने विश्वास गर्न समय लगाउनुहुँदैन । निर्वाहमुखी कृषिबाट विचलित भएका कृषक समुदाय र रोजगारीका लागि भौंतारिइरहेका युवाहरुलाई वन र वनस्पतिसँग जोड्नु पर्छ ।

हेपिएको हिमाली भेग र जडिबुटीहरु

हिमाली भेग सम्भावानाको अर्को ठूलो क्षेत्र हो । यहाँका वनस्पतिहरुको दोहनमात्रै भएको छ । दिगो व्यवस्थापनको कुरा प्राथमिकतामा छैन । हिमाली क्षेत्रका विशिष्ट औषधीय गुण भएका जडिबुटीहरु हुन्- चिराइतो, पाँचऔंले, जटामसी, पदमचाल, कुट्की, विषमा, निरमसी, यार्सागुम्बु आदि ।

हाम्रो देशमा यस्ता उच्च हिमाली जडिबुटी पाइने ठाउँमा अन्य खेतीपाती गर्न सम्भव नै छैन । त्यसकारण यस्ता रैथाने जडिबुटीको खेती विस्तारको विकल्प नै छैन । हिमालीका क्षेत्रमा आजभन्दा झण्डै १००-२०० वर्ष अगाडिको अवस्थामा फर्काई जडिबुटी पुर्नस्थापना गराउनु पर्छ

यस्ता जडिबुटीको व्यवस्थित संकलन र व्यवस्थापनबाट देशमा समृद्घि ल्याउन सकिन्छ । यी जडिबुटीको आयुर्वेद र आधुनिक औषधी निर्माणमा ठूलो महत्त्व छ । तसर्थ राष्ट्रिय अर्थतन्त्रमा यिनीहरुको ठूलो योगदान हुन सक्छ ।

यी जडिबुटीहरु जति औषधी र औद्योगिक रसायनका लागि महत्वपूर्ण छन्, त्यति नै आर्थिक समृद्घकिा लागि पनि महत्वपूर्ण छन् । यस्ता जडिबुटीहरु अव्यवस्थित संकलनबाट विनाप्रशोधन निकासी हुन्छन् । आज ती जडिबुटी मानिसको पहुँच हुन नसक्ने अप्ठेरा भीर र पाखाहरुमा मात्रै सीमित हुन पुगेका छन् ।

हाम्रो देशमा यस्ता उच्च हिमाली जडिबुटी पाइने ठाउँमा अन्य खेतीपाती गर्न सम्भव नै छैन । त्यसकारण यस्ता रैथाने जडिबुटीको खेती विस्तारको विकल्प नै छैन । हिमालीका क्षेत्रमा आजभन्दा झण्डै १००-२०० वर्ष अगाडिको अवस्थामा फर्काई जडिबुटी पुर्नस्थापना गराउनु पर्छ । तर, दुर्भाग्य ! नेपाल सरकारसंग कहिल्यै पनि यस्ता कार्यक्रम भएनन् र कार्यान्वयन गर्ने निकाय पनि भएनन् ।

यदि यी जडिबुटीलाई पहिलाको अवस्थामा फर्काउने हो र व्यावस्थापन गर्ने हो भने जडिबुटीको प्रशोधन र निकासीले नै राष्ट्रमा ठूलो समृद्धि ल्याउन सक्छ ।

तसर्थ अब मन्त्रालय र विभागका जिल्ला कार्यालय होइन, विभिन्न एग्रोक्लाईमेटिक जोनमा जटामसी अनुसन्धान केन्द्र, कुटकी अनुसन्धान तथा रुख प्रजनन केन्द्रजस्ता पुनस्र्थापित र डोमेस्टिकेसन गर्ने निकायको स्थापना हुनुपर्छ । तबमात्रै यो सेक्टरले यो राष्ट्रमा समृद्धि ल्याउन सक्छ ।

नेपालमा जडिबुटी र रुख खेतीको सम्भावना हुँदाहुँदै पनि खेती व्यवसाय गर्नका लागि नेपालका वर्तमान नीतिहरु नै मैत्रीपूर्ण छैनन् । कार्यरत निकाय पनि सुहाउँदा छैनन् । तसर्थ यस्ता व्यावहारिक कठिनाइको पहिचान गरी यो सेक्टरलाई प्रोत्साहन मिल्नेखालको ऐन, कानुन र नीतिमा सुधार गर्न सकिएमा अनि कार्यक्रम र कार्यन्वयन निकायको व्यवस्था भएमा यो क्षेत्रले पनि अन्य टुरिजम र उर्जाले जस्तै मुलुकमा समृद्धि ल्याउन सक्छ ।

One Reply to “नेपालमा समृद्धिको आधारः ‘काठे सुन’ रोपौं, जडीबुटी बेचौं !”

  1. अत्यन्तै उत्साहित पर्ने लेख लाग्यो ! नेपालमै केही गर्न सकिन्छ भन्ने हामी जस्ता युवा लाई यस्तो हौसला आवस्यक छ। लेख लेख्नु हुने सर को नाम र सम्पर्क गर्ने माध्यम भए थप कुरा बुझेर अघि बढ्न सजिलो हुने थियो।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *