२५ रुपैँयावाट माछा पालन सुरु गरेका मुखिया वने करोडपति

धनुषा, २६ फागुन । धनुषाका रामशोभित मुखियाले विस २०४० सालमा २५ रुपैँयाको भुराबाट माछा पालन सुरु गरेका थिए । झण्डै ४० वर्षदेखिको उनको माछा पालन व्यवसाय विस्तार भएर गाउँकै नमूना बन्न पुगेको छ । नमूनाका साथै करोडौ रुपैँया बरावरको उनको माछा व्यवसायप्रतिको मोहले पुरै गाउँ नै माछामय बनेको छ ।
श्रिरेश्वर नगरपालीका वडा नं. ५ दुधमतिका माछा पालक किसान रामशोभित मुखियाले काजल मत्स्या प्रजनन् फार्म नाम दिई ८ प्रजातिका माछाहरु उत्पादन गर्दै आएका छन् । मुखरीया आफु १५ वर्षको वालक छदावाट अन्य कुनै कार्य नगरी रात दिन मिहिनेतका साथ माछा पाल्दै आएका छन् ।

५ रुपैयाँबाट माछा पालन गरी सफल व्यवसायी भएका उनी माछावाट करोडपति बनेका छन् । महोत्तरी जिल्लामा पुख्र्याैली घर भएका मुखियाको १ वटा पोखरीबाट शुरु गरेको माछापालन अहिले ९० वटा पोखरीमा फैलिएको छ ।
उनी भन्छन्, ‘मेरो परिवार गरिब थियो । मैले माछा पालन गर्दा मेरो बुबाको जमिन घरेडीका लागी मात्रै ५ धुर थियो । अहिले १२ विगाह जमिन स्वयम जोड्न सफल भएको छु ।’
उनको पोखरीमा ग्रास, सिल्वर, विरगेट, रोहुनेनी, पङग्रास, रोहु लगायतका ८ प्रजातिका माछाहरु पाईन्छन् । ७० विगाह जमिन भाडामा लिई धनुषा जिल्लाको महेन्द्रनगर, औराही लगायत ठाउँमा माछा पालन गरेको उनले वताए ।
२५ रुपैयाँको माछाको भूराले ६ महिना पछि २४ सय रुपैयाँ कमाएकाले आफु यो पेशा प्रति उत्साहित भएर लागेको उनले वताए । अहिले त मेरो घरमा सफारी गाडी छ, १२ विगाह जमिन आफैले जोडेको छु । छोराछोरी काठमाडौंको रामै्र कलेजमा पढाइरहेको छु उनले भने ।

कृषि विकास बैंकबाट ५ प्रतिशत व्याजमा २ करोड रुपैयाँ ऋण लिई ब्यवसाय सुरु गर्नु भएको छु  । माछा पोखरीको लागि १० वर्षको सम्झौता गरी वार्षिक प्रति विगाह ७५ हजार रुपैयाँ तिरीरहेको उनले वताए ।

अरुले माछा पालन गरेको देखेपछि आफुपनि जनकपुर गई माछाका भूरा ल्याउन नाम लेखाएँ । मेरो माछाको बजार स्थानीय र काठमाडौं हो । जिउँदो माछा काठमाडौंमा पनि जान्छ उनले भने ।
दैनिक ५ सय केलीग्राम माछा २ सय देखि ३ सय रुपैयाँमा बिक्री भइरहेको छ । राजधानीमा समेत आउने भएकाले बजारको कुनै समस्या नभएको उनको भनाई छ । माछा निकाल्ने माझीलाई १० प्रतिशत दिने गरेको भन्दै माझीहरुको समस्या रहेको वताए ।
१ लाख रुपैयाँ बराबरको १० हजार दिनुपर्छ यति ठुलो प्रतिशत दिदा समेत माझी पाउन गारो छ, मुखियाले भने ।
उनले माछापालन ब्यवसायमा कामदार र कर्मचारीगरी १५ जनालाई रोजगारी दिलाएका छन् ।
भारतको आन्द्रा प्रदेश वाट नेपालमा जिउँदो माछा आइरहेको र माछा सँग रोग किरा भित्रिरहेकाले नेपाली माछाको गुणस्तरमा समेत उपभोक्तहरुले प्रश्न खडा गरीरहेको भन्दै खसि र कुखुराका मासु भन्दा प्रोटीनको हिसावले राम्रो भएकाले नेपाल र भारतको माछा चिनेर ढुक्क भएर खान आग्रह गर्नु भएको छ ।

मुखियको फार्मबाट वर्षमा करोडौं रुपैया बराबरको कारोवार हुने गरेको देखिन्छ ।
भारतमा माछाको दानाका लागि अरवौं रुपैयाँ नेपालबाट बाहिरिएको भन्दै नेपालमै गुणस्तरीय दाना र राम्रो बजारको व्यवस्थापन हुन सके नेपाली किसानहरुका लागि फाइदा मात्र नभई देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए । माछाको दानाको मुल्य १ किलोग्राम वरावर ७२ रुपैयाँ पर्ने उनले वताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *