काठमाडौं । काठमाडौं महानगरपालिकामा नयाँ सहकारी दर्ता प्रकृया सुरु भएको छ । महानगरको सहकारी विभागले आजबाट उत्पादक, उपभोक्ता र श्रमिक सहकारी संस्थाहरुको दर्ता खुला गरेको हो ।

महानगर सहकारी विभाग प्रमुख नमराज ढकालले श्रम, सिप र उत्पादनमा आधारित सहकारी संस्थालाई प्रमुख प्राथमिकतामा राखेर दर्ता सुरु गरिएको बताउनुभयो । ‘महानगरपालिका भित्र उत्पादन वृद्धि र रोजगारीका अवसर सिर्जना गर्नका लागि सहकारी संस्था दर्ता सुरु गरेका हौं’, उहाँले बताउनुभयो । सहकारी स्थापना सम्बन्धी संघीय र स्थानीय कानुनी व्यवस्था र महानगरपालिकाको आवश्यकतालाई मध्यनजर गरेर दर्ता दिन शुरु गरेको जानकारी दिनुभयो । ‘विषयगत सहकारीलाई अत्यन्त गहन अध्ययन गरेर सम्भाव्यताको आधारमा दर्ता दिने क्रम शुरु भएको छ,’ विभाग प्रमुख ढकालले भन्नुभयो ।

उहाँले हाल विभिन्न व्यवसायमा मजदुरी गरेर जीविका चलाउने कामदारलाई श्रम सहकारी मार्फत मालिक बनाउने र स्वरोजगार बनाउदै राज्यको राष्ट्रिय संकल्पलाई पुरा गर्ने अपेक्षा राखेको बताउनुभयो । सहकारी मार्पmत रोजगारी सिर्जना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न सहकारीमा आवद्ध सम्पूर्ण सदस्यलाई शोषणमुक्त स्वरोजगार बनाउने उद्देश्य दर्ता प्रकृया अगाडि बढाएको जानकारी दिनुभयो ।

सहकारी ऐन, २०७४ ले गरेको श्रमिक सहकारी सम्बन्धी व्यवस्था अनुसार नयाँ ढाँचामा सहकारीको दर्ता हुने प्रमुख ढकालले बताउनुभयो । उहाँले यस विषयमा राष्ट्रिय सहकारी महासंघसंग आवश्यक परामर्श गरेर महानगरपालिकाले श्रम र शिपमा आधारित श्रमिक सहकारी दर्ता गरेको जानकारी दिनुभयो ।

उहाँले महाहनगरपभित्र बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको संख्या धेरै रहेको जानकारी दिदै सहकारीको संख्या व्यवस्थापन गर्नका लागि एकीकरण प्रकृयामा जान प्रोत्साहनमूलक कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो । विभाग प्रमुख ढकालले तत्काललाई बचत तथा ऋण सहकारी संस्था भने दर्ता नहुने जानकारी दिनुभयो ।

दर्ता प्रकृया खुला भएपछि आजै विभागमा स्वावलम्बन श्रमिक सहकारीको नाममा पहिलो संस्था दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *