टेबल टेनिस प्रतियोगितामा ‘ट्रीमिडियान्यूज’ प्रथम

काठमाण्डौं,२१ साउन

 

जिल्ला टेबल टेनिस संघ काठमाण्डौं र अखिल नेपाल टेबल टेनिस प्रशिक्षण केन्द्रद्वारा लैनचौरमा आयोजित ‘नवौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रीय खुल्ला टेबल टेनिस प्रतियोगिता’मा ‘ट्रीमिडियान्यूज’ का प्रबन्धनिर्देशक दिपक नेपाली प्रथम भएका छन् । प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका महासचिव तथा राष्ट्रीय खेलकुद परिषद्का उपाध्यक्ष टेण्डीलामा शेर्पाले ३२ वटा इभेन्ट्समा सहभागि ६00 जनामध्ये १४४ जना विजेताहरूलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

 

साउन १९ देखि २१ गतेसम्म सञ्चालित सो प्रतियोगितामा मिडियातर्फ ‘ट्रीमिडियान्यूज’ प्रथम भएको हो । भर्खरै स्थापित ‘ट्रीमिडियान्यूज.कम’को भिजिटर्स छोटो समयमै लाखौँ पुग्नु र सञ्चालक नेपालीले सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुलाई प्रबुध्द पाठकहरूले सुखद् संयोग भन्दै बधाई र शुभकामना दिनेहरूको ओइरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *