प्याब्सक अन्तर विद्यालय फुटसल लिग हिजोबाट सुरु हुँदै

काठमाडौँ । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन काठमाडौँ (प्याब्सक) ले आइतबारबाट दोश्रो प्याब्सक अन्तर विद्यालय फुटसल लिग सुरु भएको छ । शनिबार बेलुका ४ बजे बुनपा वडा नम्वर १० स्थित त्रिवेणी चोकमा रहेको बिभुति प्रज्ञा निकेतन माबीको प्रांगणमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिग बारे जानकारी गराईएको थियो ।

pabsok foodsal tournament (1)
उक्त पत्रकार सम्मेलनमा प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङले बिद्यार्थीहरुको पठन–पाठनसंगै ब्यबहारिक शिक्षा तथा खेलकुदमा बिशेष ध्यान दिई उनीहरुको सर्वाङ्गण बिकासमा प्याब्सक केन्द्रित हुदै आएको बताए । उनले बिगत वर्ष देखि प्याब्सकले बिद्यालय स्तरमा विभिन्न खेलकुदहरुका कार्यक्रमहरु गराउदै आएको र त्यसैको निरन्तरता स्वरुप आइतबारदेखी अन्तर बिद्यालय फुटसल गर्न लागिएको समेत जानकारी दिए ।

बिद्यालयहरु विच आपसी भाइचारा र खेलकुदमा अनुशासनको महत्वको बारेमा सन्देश प्रवाह गर्ने उदेश्यका साथ दोश्रो प्याब्सक अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको प्याब्सकका महासचिव गेन्द्र लामाले बताए ।

pabsok foodsal tournament (3)
प्रतियोगितामा २५ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रथम, दितीय र तृतिय हुनेलाई क्रमस चार हजार नौ सय, चार हजार दुई सय र तिन हजार पाच सय नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, फेयर प्ले र म्यान अफ द म्याच विधामा समेत पुरस्कृत गरिने लिगका संयोजक एवं प्याब्सकका कोषाध्यक्ष राजन श्रेष्ठले बताए ।
फुटसल लिग गोपीकृष्ण पछाडी रहेको हाम्रो फुटसलमा बिहान ११ बजेबाट हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *