माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाईनल

भाद्र ५, २०७४ ललितपुरमा जारी साफ अन्डर १५ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा जित निकाल्दै सेमिफाईनल प्रवेश गरेको छ ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एकतर्फी खेल पस्किएको नेपालले माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्‍यो । आफ्नो पहिलो खेलमा इण्डियासँग पराजित माल्दिभ्स पहिलो चरणबाटै बाहिरिएको छ भने इण्डियाले समेत अन्तिम चारमा स्थान बनाएको छ ।

नेपाल र इण्डियाबीच पर्सि बुधवार हुने खेलले समुह बीको विजेता र उपविजेताको टुंगो  लाग्नेछ ।  खेलको १० औ मिनेटमा ब्रिजेश चौधरीले घरेलु टोलीलाई सूरुवाती अग्रता दिलाए । त्यसको १० मिनेटपछि दर्शन गुरुङ, ३६ औं मिनेटमा कप्तान रोशन राना मगर र पहिलो हाफको इन्जुरी समयमा आकाश बुढा मगरले गोल गरेपछि नेपाल पहिलो हाफमा ४–० को अग्रता लिन सफल भयो ।

 

दोस्रो हाफको पहिलो मिनेटमै रोशन दोङले नेपालका लागि थप गोल गरेपछि पाहुना टोली माल्दिभ्स थप दवावमा आएको थियो । ७३ औं मिनेटमा ब्रजेशको ब्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल ६–० को अग्रता बनाउन सफल भयो ।

 

खेलको अन्तिम दुई मिनेटमा नेपाल १० खेलाडिमा सीमित हुन पुगेको थियो । रोशन दोङ दोहोरो पँहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *