काँध र पिठ्युमा दुख्छ भने त्यो ‘फ्रोजन सोल्डर’ हुन सक्छ

काठमाडौँ — काँध तथा पिठ्युको स्नायुहरुमा कुनै कारणबश सुजन, अररोपन वा दर्द हुन भयो भने यस समस्यालाई मेडिकल भाषामा फ्रोजन सोल्डर भनिन्छ । काँधको जोर्नीमा स्टिफनेस हुनले हात हलाउन तथा हातले आफ्नो दैनिक कामकाज गर्न धेरै असुबिधा, दर्द तथा अप्ठ्यारो हुन्छ ।

अचेल फ्रोजन सोल्डरको समस्या आम समस्या भएको छ। पहिले–पहिले यो समस्या खेलाडी या कुनै कारण चोटपटक लाग्नले हुन्थ्यो। तर अचेल केहि नभइकन पनि यो समस्या देखा पर्न थालेको छ। हेर्दा अत्यन्तै सामान्य लाग्ने यो समस्या अतिनै कष्टदायक छ। यसले रोगीलाई शारीरिक पीडा त दिन्छ नै साथै असुबिधा पनि दिन्छ। जसको कारणले गर्दा बिरामीले आफ्नो दैनिक काममा पनि बाधा र कष्ट भोग्नु पर्दछ। जस्तै, कपाल कोर्न, लुगा लगाउन, नहाउन समेत गाह्रो हुन्छ। रोगी आफुलाई लाचार महसूस गर्न थाल्दछ।

कारण : फ्रोजन सोल्डरको यही नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन, यसको कारण अज्ञात छ। तर बिगतका दिनहरुमा काँधमा चोट या झट्का लागेको ईतिहास भेटिन्छ। मोटोपना, शरीरको गलत पोश्चर, गलत ढगंले सुत्नु, कुनै कारणबश काँधको नशा च्यापिनु जस्ता कारणले पनि फ्रोजन सोल्डर हुनसक्छ। हार्मोन्समा परिवर्तन हुनु, मिनोपोज तथा मधुमेह, थइरायड, डिप्रेशन जस्ता कारणले पनि यो हुनसक्छ। यस समस्यालाई बेलैमा समाधान गर्नतर्फ लागिएन भने लामोसमयसम्म यसले दुख दिई रहन्छ। यसको परिणाम पछि घातक हुनसक्छ। पुरुषको तुलनामा चालिस वर्ष उमेर नाघेका महिलाहरुमा यो समस्या बढि देखिन्छ। किनभने महिलाहरुलाई बढिजसो घरको कामकाज गर्नुपर्ने हुन्छ।

लक्षण : फ्रोजन सोल्डर हुँदा काँधको हड्डीको जोर्नी केहि कारणबश सुन्निन्छ। काँधको ज्वाइन्ट अररोपन आउनाले उसको ईलास्टीसीटी कम हुन जान्छ। जसले गर्दा हात हाल्लाउँदा दर्द हुन थाल्छ। काँधको दायाँ/बायाँ जतापटि्ट सुन्निएको हुन्छ त्यसतर्फ दर्द बढि हुन्छ र त्यतापटि्ट फर्केर रोगी सुत्न पनि सक्दैन। हात अलिकति हल्लाउँदा पनि मुखबाट एय्या…. मरें शब्द निस्किनुका साथै आँखाबाट आँसु नै झर्छ। धेरै जसो रोगीहरुमा काँधबाट शुरु भएको दर्द हातको औलासम्म पुग्दछ। जसले गर्दा हातमा अत्यधिक दर्द हुनु, काँध, कुईनो तथा हात सुनिन्नु र हात सुन्न हुनु, हातमा करेन्ट लागेको जस्तो झट्का लाग्नु तथा हातमा कम्पन हुनु जस्तो समस्या देखिन्छ। जब दुखाई गर्धनतिर हुन्छ तव गर्धन र टाउको हल्लाउन असुबिधा र पिडायुक्त हुन्छ। कहिले काहि गर्धन हल्लाउँदा पनि मुखबाट एय्या….मरें जस्तो शब्द निस्किन्छ। यसको साथै कानमा दर्द, टाउको भारि हुनु तथा चक्कर लाग्नु जस्तो समस्या पनि हुन्छ। हातमा भित्रबाट नै दर्द र जलन पनि हुन्छ। फ्रोजन सोल्डर एक कष्टदयक रोग हो र यो ठिक हुनमा ६ महिनादेखि एकवर्षको समय लाग्न सक्छ। जसले गर्दा केहि दिनको उपचार पछि धेरैजसो बिरामी बीचमै उपचार लिन छोडिदिन्छन् या दर्द निवारक औषधि खाएर पीडालाई क्षणिक दवाउनेगर्दछन्। यसबाट शरीरलाई नोक्सान त हुन्छ नै साथै समस्यालाई अझ गम्भिर बनाउन सक्छ।

योगासन / व्यायाम : फ्रोजन सोल्डरको कष्ट कम गर्न तथा भएको पीडालाई कम गर्न व्यायाम गर्नु पर्दछ। यस रोगमा चिकित्सा भन्दा बढि ब्यायाम को महत्व छ। ब्यायाम गर्नले नसाहरुमा रगतको संचार हुन्छ। मोबिलिटी बढ्द छ, मुभमेन्ट सजिलैसित हुन्छ तथा बिस्तारै विस्तारै सुजन, स्टिफनेस, दुखाई कम हुनथाल्छ। ताडआसन यसको लागि एक उपयोगी आसन हो। यसले मेरुदण्ड तथा काँधको नसाहरुलाई रिल्याक्स गर्दछ। यसै प्रकार धनुरासन, पादहस्तासन, पर्वतासन गर्नु लाभदायक हुन्छ। यसको साथसाथै फ्रोजन सोल्डरको दुखाइमा हिड्दा, उठ्दा, बस्दा तथा सुत्दा शरीरको पोस्चरलाई स्वाभाविक अवस्थामा राख्नले नसा च्यापिनु या काँधमा अनावश्यक दवाब हुने अवस्थाबाट छुटकारा पाउन सकिन्छ। जसले गर्दा सुजन र दुखाइबाट राहत मिल्छ। तर बिडम्बना के छ भने जब यो समस्या हुन्छ त्यसबेला धेरैजसो ब्यक्ति काँधको जोर्नीको दुखाइ पटी ध्यान दिंदैनन् आफै ठिक हुन्छ भनेर वास्ता गर्दैनन्। बिरामीको यसै लापरवाहीले गर्दा यो समस्या दिनप्रति दिन बढ्दै गएको छ।

रोग निवारणमा सहायक उपाय : फ्रोजन सोल्डरको समस्यामा तातोले सेक्नु पर्दछ। यसले रक्तनली एक्सपेन्ड हुन्छ। जसले रक्तप्रवाह तथा रक्तसंचार राम्रोसंग हुन्छ। जसको फलस्वरुप चोट या क्षतिग्रस्त भागको नसाहरुमा रक्तसञ्चार सुचारु हुन्छ। यसले गर्दा काँधको मांशपेशीहरु रिल्याक्स हुनुका साथे अररोपन भएको भाग खुकुलो हुन्छ। साथै ज्वाईन्टको एलेक्ट्रिसिटि बढ्दछ। यो उपचार फ्रोजन सोल्डरका लागि प्रभावकारी छ। मेडिलकल भाषामा यसलाई विझोडायलेशन भनिन्छ। बर्फ या चिसोले प्राभावित भाग काँधलाई जब गरमले सेकाईन्छ। यसले काँधको बरिपरिको नसाहरुलाई केहि समयको लागि सुन्न गराईदिन्छ। जसले गर्दा दुखाईमा तुरन्त आराम महशुस हुन्छ। प्रभावित भागको रक्तसञ्चार कम भएर जान्छ, सुजन कम हुन्छ। फलस्वरुप हात चलाउँदा दुखाई कम हुन्छ। यसरी चिसो सेकाईले सुजन मात्र होईन कि दुखाई पनि कम हुन्छ। यस क्रियालाई विझोकंस्ट्रिकशन भनिन्छ।

चिकित्सा : होमियोप्याथिक उपचारमा फ्रोजन सोल्डरको कष्टमा लाभ पुर्याउने धेरै औषधिहरु छन। जुन औषधि रोगीको मानसिक एवं शारीरिक लक्षणका साथै रोगको कारणलाई समेत ध्यानमा राखेर प्रयोग गरिन्छ।

लक्षण अनुसार प्रयोगहुने केहि औषधिहरु : आर्निका, कास्टिकम, ब्रयोनीया, फेरम मेटालिकम, फाइटोलेक्का, चेलिडिनियम, सेंगुनेरिया, हिपर सल्फर, डायसकोरिया, सिमिसिफ्युगा, थियोसिनामिनम, कलकेरिया फ्लोर, रसटक्स, रुटा ग्रेव, स्टिक्टा, मेगफाँस आदि औषधीहरु प्रयोग गर्न सकिन्छ। उपरोक्त लेख जानकारीको लागि मात्र हो। यसले चिकित्सकको ठाउँ लिन सक्दैन। माथि उल्लेख गरिएका औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै चिकित्सकसँग सल्लाह लिएर गर्नु उचित हुन्छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *