यस्ता टिप्सहरु फलो गरे गर्दन, ढाड, कम्मरको दुखाईबाट आराम मिल्छ

आम नेपालीको राष्ट्रिय रोग ग्यास्ट्रिक भनेझै अचेल गर्दन, ढाड, कम्मर दुखाई पनि सबैको साझा रोग जस्तै भएको छ । उपत्यकाम खुलेका थेरापी सेन्टरहरुबाट पनि हामी सहजै अनुमान लगाउन सक्छौ कि यो समस्याले हामी कति पीडित भएका रहेछौं ।
यसै बिषयमा ब्याक पेन एक्सपर्ट डा. सुनिल पौडेलले दुखाईबा छुटकारा दिने केही टिप्सहरु फलो गर्न आग्रह गरेका छन् ।

 

पोश्चरल केयर
शरीरको पोजिसन अथवा शारीरिक अवस्थाको ख्याल राख्नुलाई पोश्चुरल केयर भनिन्छ । मेरmदण्ड अर्थात गर्दन, ढाड, कम्मरको दुखाईको उपचारमा यो भन्दा महत्वपूर्ण केहि पनि छैन ।
पोश्चुरल केयरमा ४ वटा कुरा सधैं याद राखौं ।
एक पटकमा १५ मिनट भन्दा बढि नबसौं ।
निहुरिएर वा भुँईमा बसेर काम नगरौं ।
निहुरिएर कहिलै सामान नउठाऔं ।
उठिरहेर काम गर्नुभन्दा यता उती हिडेर काम गर्ने गरौं ।

टेबल वर्कमा वा कम्प्युटरमा बस्दा कुन पोजिसनमा बस्ने ? कम्प्युटरको मनिटर कति टाढा हुनुपर्छ ? तपाइले किबोर्ड कहाँनेर राख्ने ? यी सबै चिजमा हामीले ख्याल राख्नुपर्छ । टेवुलवर्कमा आफुं बसेको कुर्सीलाई टेबलभित्र घुसाइ दिनुपर्छ ताकी हामी निहुरिन नपरोस् । टेवल जति टाढा भयो त्यति निहुरिन पर्ने हुन्छ । काम गर्दाखेरी कुर्सी भित्र घुस्यो भने ढाड सिधा राखेरै काम गर्न सकिन्छ ।  स–साना जस्तै लागे पनि यि महत्वपूर्ण कुरालाई ध्यान दिनुपर्छ ।
– यदि कुर्सीमा बसिराख्नु भएको छ भने हाम्रो हिप अर्थात् पुट्ठाले कुर्सीको    पछाडिको भाग छोएकै हुनुपर्छ तथा यस्माथीको ढाडलाई राम्ररी पछाडि सपोर्ट दिएकै हुनुपर्दछ ।
–    कुर्सिमा अगाडि झुक्नुको साटो सिधा बस्नुपर्छ । कुर्सिमा सिधा ९० डिग्रीमा नबसेर अझै अलि पछाडि एक सय बीस डिग्री जतीमा जाँदा मेरुदण्डमा चाप कम हुन्छ । तर त्यसरी बस्दा हिपले कुर्सिको पछाडी धकेलेकै हुनुपर्दछ ।
–    उठिरहनु पर्नेले बरु यताउता हिंडडुल गर्ने थोरै बेर बस्ने वा सम्भव छ भने उठिरहँदाखेरी एउटा खुट्टा स्टुलमा राख्ने गर्नुपर्छ ।
–    लामो समय बसिरहने वा उठिरहने गर्नु हुंदैन । कामको बिच बिचमा हरेक घण्टामा ब्रेक लिएर ५ वा १० पटक हल्का पछाडि उल्टो झुक्ने वा केहि तन्काउने खाले व्यायाम गर्नु एकदमै राम्रो हुन्छ ।
–    सामान उठाउँदा कहिल्यै पनि निहुरिएर नउठाउने तथा यस्को साटो पहिला बस्ने अनि बसेर ढाडलाई सिधा राखेर मात्र सामान समाई उठाउने गर्नुपर्छ । माथिका यी बानीले हाम्रा ७० प्रतिशत ढाडका समस्या हटाउन सकिन्छ ।
–    याद राखौं जस्ले पोश्चरको ख्याल राख्दछ उस्लाई मेरुदण्डको समस्या नै हुदैन र जस्ले पोश्चरको ख्याल राख्दैन उस्को रोग अप्रेशन नै गरे पनि ठिक हुँदैन ।
–    रोग अनुसारको पोश्चुरल केयर हुन्छन् ।

 

नियमित ब्यामा गरौं 
ढाडलाई स्वस्थ राख्न व्यायामको अर्को बिकल्प छैन । तीन किसिमका व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ ।
१. पसिना निकाल्ने जस्तै हिंड्ने, दौडने खाले व्यायाम,
२. तन्काउने खाले योग वा स्ट्रेचिंग खाले व्यायाम
३. शरीर तथा ढाड बलियो बनाउने खाले व्यायाम ।
यदि गर्दन, ढाड, कम्मर सम्वन्धि कुनै समस्या छ भने पहिला विशेषज्ञ कहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ अनि मात्र सुहाउदो तथा फाइदा दिने ढाडका व्यायाम मात्र गर्ने गर्नुपर्दछ ।

 

३. खानपिन तथा जीवनशैली
ढाडलाई स्वस्थ राख्न खानपिनमा ध्यान दिनु एकदमै जरुरी छ । जसरी सम्पूर्ण शरीरका लागि खानपान महत्वपूर्ण हुन्छ त्यस्तै ढाडका लागी पनि प्रशस्त पानी तथा प्रशस्त क्याल्सियम भएका शाकाहारी खाना महत्वपूर्ण हुन्छ । यस्का साथै चिनि, प्याकेटका जंक वा फास्ट फुडबाट टाढै रहनुपर्दछ । पानी कम पिउनेमा झस्का पस्ने समस्या आइरहने तथा क्याल्सियमको कमिले हड्डी खिइने हुनसक्दछ ।

 

भिटामिन डी 
आजभोलिका धेरै मानिसहरुमा भिटामिन डि को कमी छ । जसले गर्दा शरीरमा क्याल्सियम जम्मा हुन सकिरहेको छैन तथा हड्डी कमजोर हुंदै जान्छ वा दुखाई ठिक हुदैन । भिटामिन डि को लागि सबै भन्दा राम्रो घाम ताप्न सकिन्छ । हप्ताको १ घण्टा कपडा खोलेर नांगो छालामा घाम ताप्नु एकदमै राम्रो हुन्छ । भिटामिन डि का औषधिहरु पनि पाइन्छन् ।

 

४. नियमित चेक जाँच
मान्छेले के सोच्छ भने अलिकती ढाड दुखेको न हो, किन डाक्टरकोमा जाने ? दुई चार दिन पछि आफैं ठिक भइ हाल्छ नि । नसा च्यापिएर भोलि ठुलै समस्या ननिम्तिएसम्म, थला नपरेसम्म डाक्टरकोमा नजाने बानी भएकाले पछि ठूलो समस्या झेल्नुपर्ने हुन्छ । समस्या जति सानो भयो त्यति त्यसलाई बुझ्न र समाधान गर्न त्यति नै सजिलो हुन्छ । त्यसैले यदि ढाड दुख्न सुरु भयो भने सम्बन्धित विशेषज्ञ कहाँ गएर चेकजाँच गराउनु उपयुक्त हुन्छ । यदि रोग लागेमा सक्दो चाँडो उपचार गराउन गईहाल्नु पर्छ ।

 

५. एकिकृत चिकित्सा अर्थात इन्टीग्रेटेड मेडिसिन
गर्दन, ढाड, कम्मर सम्वन्धि समस्याको निम्ती मान्छे घरी यहाँ घरी त्यहाँ धाउदा धाउदा थाकेका छन् । कुनै डाक्टरले दबाई लेख्छ भने कसैले थेरापी गराउंछ । तर जसरी खाना खाँदा भात, दाल, तरकारी, सलाद, दहिको जरुरत पर्दछ । त्यस्तै थेरापीहरुमा पनि एउटा राम्रो सामंजस्य रुपमा कामगर्ने खालको कम्बाइण्ड उपचारहरुको जरुरत पर्छ । यो संयोजन राम्रो भएन भने खानाको संयोजन नमिलेर पखाला लागे जस्तै रोग पनि ठिक नहुने हुन सक्छ । औषधोपचारसंग उपयुक्त खानपिन, व्यायाम तथा केयर अनि घरमै गर्न सकिने उपचारहरु पनि सिक्नु जरुरी हुन्छ ।

सर्वप्रथम विशेषज्ञ कहाँ गएर चेक गराई सल्लाह लिनुपर्छ अनि मात्र सुहाउदो तथा फाइदा दिने खालका उपचारहरुको एकिकृत उपचार लिनुपर्दछ ।

डा. सुनिल पौडेललाई  
अर्थाेन्यूरो हेल्थ केयरः लगनखेल वा बागबजार को साथै किर्तिपूरमा पनि भेट्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *