लामखुट्टेबाट छुटकारा पाउन यी बिरुवा रोप्नुहोस्

गर्मीको मौसम सुरु हुने विक्तिकै लामखुट्टेले सताउन थाल्छ । झन बर्षायाममा अझ बढी दुःख दिन्छ । साँझ हुने वित्तिकै सबैलाई लामखुट्टेको आवाजले दिक्क पार्छ । लामखुट्टेको टोकाईबाट बच्नको लागि हामी अनेकौ उपाउ अपनाउने गर्छौ । कोयल बाल्छौ, धुप बाल्छौ, हिट बाल्छौ । जसले गर्दा हाम्रो स्वास्थ्यमा पनि नकारात्मक असर पार्छ ।

सरकारबाट पनि लामखुट्टेबाट बच्न विभिन्न कार्यक्रम भइरहेका छन् । झुल बाड्ने, लामखुट्टे भगाउने औषधीहरु छर्ने आदि काम गर्दै आएका छन् । लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगु जस्ता रोगको शिकार बर्षेनी धेरै मानिस हुने गर्छन् ।

यस्ता लामखुट्टे भगाउने प्रोडक्टहरु आफ्नो बच्चाको स्वास्थ्यका लागि कतिको सुरक्षित हुन्छ भनेर भन्न सकिदैन् । घर भित्र जतिखेर पनि जलाएर राख्न पनि सम्भव हुँदैन् । यदि तपाई आफ्नो घर लामखुट्टेबाट मुक्त राख्न चाहनुहुन्छ भने घरमा केहि बिरुवाहरु लिएर रोप्नुहोस् ।

१. लेमन ग्रास:

लेमन ग्रास एक जडीबुटी हो । जसको वैज्ञानिक नाम सिम्बोपोगोन साइटे«ेटस हो । यसमा भएको कागतीको सुगन्धको कारण व्यापक रुपमा प्रयोग गरिन्छ । यो बाह्रमासी घाँस नेपाल र एसियाको उष्णतटबन्धिय क्षेत्रमा पाइन्छ ।

हरेक घरमा लेमन ग्रासको प्रयोग सुगन्धका लागि गरिन्छ । तर यहि सुगन्धले लामखुट्टे भाग्छ भनेर कमैलाई मात्र थाहा हुनसक्छ । यसको मनमोहक र ताजा बास्ना त छँदैछ । यसले तनावबाट पनि मुक्त राख्छ । र मुड पनि फ्रेस राख्छ । यसलाई सुकाएर चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । लेमन ग्रासको बिरुवा घरको बंगैचा, कौशीमा रोप्न सकिन्छ ।

२. सयपत्रीः

सयपत्री हरेक घरमा रोप्ने चलन छ । सयपत्री भन्ने विक्तिकै हामीलाई तिहारको सम्झना आउँछ । सयपत्रीसँग हाम्रो घनिष्ठ सम्बन्ध छ । यो फूल हाम्रो घर सजाउनमात्र होइन यसको सुगन्धले लामखुट्टे भगाउन पनि मद्दत गर्छ ।

लामखुट्टे भगाउनको लागि यसको फूलको जरुरत हुँदैन यसको बोट नै काफी हुन्छ । यसको पातबाट निस्कने सुगन्ध लामखुट्टेलाई अलिकति पनि मनपर्दैन । आफ्नो बगैँचामा सयपत्री रोपेर घरलाई लामखुट्टे मुक्त र सुरक्षित बनाउनुहोस् ।

३. लसुनः

लसुनको सेवन गर्दा पनि लामखुट्टे भाग्छ । यदि तपाईलाई लसुन मन पर्र्दैन भने लसुन बंगैचामा रोप्न सकिन्छ । लामखुट्टेलाई अलिकति पनि मनपर्दैन । सर्सौको तेलमा लसुन फुराउँदा निस्कने बास्नाले पनि लामखुट्टे भाग्छ । बंगैचामा लसुनको बोट रोपेर धेरै प्रकारको रोगबाट मुक्त हुन सकिन्छ ।

४. तुलसीः

हिन्दु परम्परा अनुसार तुलसी पुजनीय बिरुवा हो । तुलसीलाई शुद्ध बिरुवा मानिन्छ । तुलसीमा औषधीय गुण हुन्छ । यसको बोटले हावा सफा राख्नको साथै स–सानो किरा र लामखुट्टेबाट पनि टाढा राख्छ । हुन त तुलसी सबैको घरमा रोप्ने गरिन्छ ।

तुलसीको विरुवालाई गमलामा रोपेर घरको सबै कुनामा राख्दा यसले सुरक्षागार्डको काम गर्छ र तपाईको घरलाई सुरक्षाकवचको रुपमा सुरक्षा दिन्छ । यसबाट निस्कने सुगन्धको कारण लामखुट्टे तपाईको घरको आसपास आउँदैन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *