सन्दर्भ:लायन्सको महाधिवेशन,मणिश्रीलाई जिताउन खुलेरै लागे पोख्रेली लायन

पोखरा । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वि १ नेपालको छैंठौं राष्ट्रिय महाधिवेशन यहि ७ र ८ गते पोखरामा हुदैछ । आफ्नो होम टाउनमा हुने उक्त महाधिवेशनलाई सभ्य र भव्य रुपमा सफल बनाउन पोख्रेली लायनहरु लागिपरेका छन् ।

तर महाधिवेशनमा अत्यन्तै चासोको रुपमा हेरिने दोस्रो भाईस डिस्ट्रिक्ट गर्भनर पदका उम्मेदवार मणीश्रीरत्न बज्राचार्यलाई जिताउन पनि धेरैजसो पोख्रेली लायनहरु एकजुट भएका छन् । लायन्स एउटा नितान्त सामाजिक संस्था भएर पनि संस्थापन पक्षले राजनीतिकरण गरेको भन्दै उनीहरु मणिश्रीलाई जिताउन खुलेरै लागेको बताउँछन् ।


दोस्रो भाईस डिस्ट्रिक्ट गर्भनर पदका लागि लायन वर्ष २०१४ / १५ का डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी मणीश्रीरत्न बज्राचार्य र हालका चिफ डिष्ट्रिक्ट एड्भाईजर मनबहादुर रोकाले आफुलाई प्रमुख दावेदारको रुपमा प्रस्तुत गरेका छन् ।

अर्का उम्मेदवार हरिप्रसाद मरहठ्ठाले पोखरामा आयोजना भएको एक फेलोसिप कार्यक्रममा उम्मेदवारी फिर्ता लिदै मणीश्रीलाई समर्थन जनाए र बधाई दिए ।


“डिस्ट्रिक्टमा देखिएको विकृति र विसंगतिको अन्त्य गर्नको लागि हामी मणिश्रीको पक्षमा एकजुट भएर लागेका छौं र भोट पनि उहाँलाई दिन्छौं । सम्भवतःहामी जितको नजिक छौं ।” पोखराका एक लायनले भने ।

उनीहरुले आफ्नो फेसबुक तथा भाईवर जस्ता सोसल मिडियामा मणिश्रीको समर्थनमा स्टाटस तथा फोटोहरु राखेका छन् । पोख्रेली लायनहरु भन्छन्-” हामी मणिश्रीको पक्षमा यसकारण लागेका हौं कि उहाँले उठाउनुभएका आवाजहरु लायन्सको शुद्धिकरणका लागि छन् । हामीलाई व्यक्तिगत फाइदाको लागि सामाजिक कामको पगरी नगुथ्ने र कसैको गुलामी नगरी आफ्नै धरातलमा रहि शासन गर्ने गभर्नर चाहिएको छ । त्यो क्षमता मणिश्रीमा देखेको हुनाले हामीले उहाँलाई समर्थन गरेका हौं । “

विशेष स्रोतबाट प्राप्त जानकारी अनुसार डिस्ट्रिक्टको बारेमा धेरै आरोप प्रत्यारोप आईसकेपछि दोस्रो भाईस डिस्ट्रिक्ट गर्भनर पदको उम्मेदवारहरुविच मेलमिलाप गराउने जिम्मेवार लिएका व्यक्ति (पोख्रेली लायन) माथि छलफलस्थलमै मन रोका पक्षधरले अभद्र व्यवहार गरेपछि पोख्रेली लायनहरु झनै आक्रोशित भएका हुन् । उनीहरुले लायनको नेतृत्व गरिसकेको व्यक्तिमाथि अभद्र व्यवहार देखाउनु सम्पूर्ण लायनमाथिको अपमान हो भन्दै आफुहरु सत्य र न्यायको पक्षमा खुलेरै लाग्ने बताए ।

जिएलटी एकनारायण शर्माले २८ वर्षको लायनबादको अनुभव सम्हालेका मणीश्रीरत्न वज्राचार्य लायनको सफल नेतृत्व गर्न सक्ने क्षमता भएको उम्मेदवार हुनाले मणीश्रीमाथि अन्याय गर्न नहुने बताए ।

उनले भने-“जवसम्म संस्थापन पक्षको हावी रहन्छ, तवसम्म लायनवादको सिद्धान्त पूरा हुन सक्दैन । लायनवादको भविष्य उज्वल बनाउन मणीश्री जस्ता नेतृत्वको खाँचो छ । ”

पोखरामा महाधिवेशन हुने भएपछि उम्मदवारद्धय वज्राचार्य र रोकाले चैत अन्तिम साता पोखरामा फरक फरक दिन फेलोसिप कार्यक्रम राखे तर दुवै कार्यक्रममा उपस्थित लायनहरुले सोधेका प्रश्न डिस्ट्रिक्टमा देखिएको विकृति र विसंगतिप्रति केन्द्रित थिए ।

लायन्सका लिडरहरुले चुनावमा गुटबन्दी गरेर उम्मेवादर बोकेर हिडने गरेको, सार्वजनिक स्थानमै एउटा उम्मेदवारको पक्षमा समर्थन जनाएको, लायनजस्तो सामाजिक संस्थामा राजनीतिक शक्ति हावी भएको, संस्थापन पक्षले पदिय पाईनलाईन राखेको लगायतका प्रश्नहरुले कटाक्ष गरेका थिए ।

विशेष शुत्रका अनुसार दोस्रो भाईस डिस्ट्रिक्ट गर्भनर पदका उम्मेदवार मन रोका संस्थापन पक्षको समर्थनमा उम्मेदवार बनेका हुन् । त्यसैले पनि उनीमा अहमपना बढेको पोख्रेली लायनहरुको बुझाई छ ।

लायनका लिडरहरुले उम्मेदवारलाई सहमतिमा मिलाएर लैजानुको सट्टा, राजनीतिक चुनाव जसरी उम्मेदवारहरुले फरक-फरक गुट-उपगुट बनाएर राखेका कार्यक्रममा शुभकामना दिन उपस्थित हुने तुच्छ प्रवृति देखाएको आरोप लगाएका थिए ।

महाधिवेशनमा अहिलेका प्रथम डिष्ट्रिक्ट भाईस गर्भनर अशोक श्रेष्ठ गर्भनर र हालका द्धित्तिय भाईस डिष्ट्रिक्ट गर्भनर ईन्दु लम्साल प्रथम डिष्ट्रिक्ट भाईस गर्भनर हुनेछन् । स्वतः निर्वाचित हुने सो पदमा विश्वासको मत भने लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *