१७ अंकले घट्यो बजार

काठमाडौं, फागुन ८ । मंगलबार शेयर बजार परिसुचक नेप्से १७ दशमलव १८ अंकले घटेर १ हजार ३ सय ९६ दशमलव ७२ को बिन्दुमा बजार बन्द भएको हो ।

बजारमा कारोबारमा आएका अधिकांश समूह घटेसँगै बजार १७ अंकले घटेको हो । मंगलबार कारोबार भएका दश समूह मध्ये होटल र अन्य समूह बढेका छन् भने अन्य आठ समूहमा गिरावट आएको हो । जसमध्ये बीमा समूह सबैभन्दा बढी ११० दशमलव ५६ अंकले घटेको छ ।

सोमबार प्रजातन्त्र दिवसका कारण बन्द रहेको बजार यसभन्दा अघिल्लो दिन आइतबार ११ अंकले घटेको थियो । त्यस्तै देशले नयाँ प्रधानमन्त्री पाएको दिन गतसाताको अन्तिम दिन बिहीबार भने बजार ३६ अंकले बढेको थियो ।

परिसुचक घटेसँगै मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार बजारमा १६० कम्पनीको ४० करोड ५८ लाख ९६ हजार ६७७ रुपैयाँको शेयर किनबेच भएको छ । यसअघि आइतबार बजारमा १५९ कम्पनीको ५९ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । आज सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्सको संस्थापक शेयर सर्बाधिक शेयर किनबेच भएको छ । कम्पनीको ५ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको हो । त्यस्तै ओम डेभलपमेन्टको संस्थापक शेयर २ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

१७ कम्पनीका लगानीकर्ताले कमाए

मंगलबार बजार १७ अंकले झर्दा १७ कम्पनीका लगानीकर्ताले भने सामान्य कमाएका छन् । आज सर्वाधिक कमाउनेमा प्रोग्रेशिभ फाइनान्स कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य ५ दशमलव १० प्रतिशतले बढेको छ । त्यस्तै एफपीओ निष्कासनको यसअघिको प्रस्तावलाई स्थगन गर्दै शत प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको अरुण भ्याली हाइड्रो शेयर मूल्य ४ दशमलव ७४ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै हिमालयन डिस्टीलरी, लक्ष्मी इक्विटी, भार्गव विकास बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, नेसनल हाइड्रो, नबिल इक्विटी लगायतका कम्पनीले सामान्य नाफा बूक गरेका छन् ।

त्यस्तै, सर्वाधिक गुमाउनेमा समित माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य ५ दशमलव ८४ प्रतिशत अर्थात प्रतिकित्ता ७२ रुपैयाँ घटेको छ । त्यस्तै बोटलर्स नेपाल तराईको शेयर मूल्य आजै मात्र ३९७ रुपैयाँ प्रतिकित्ता तल झरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *