शाहरुख खानको सालीले बलिउडमा डेब्यु गर्दै

एजेन्सी, बलिउडका किंग शाहरुख खानको सालीले बलिउडमा डेब्यु गर्ने भएकी छन्। बास्तवमा शाहरुखकी आफ्नी साली नभएर २००१ मा आएको फिल्म ‘कभी खुशी कभी गम’ मा करिना कपुरको बचपनको भूमिका निभाउने मालविका राजले इमरान हाशमीको फिल्म ‘कप्तान नवाब’ बाट डेब्यू गर्ने भएकी छन् ।

आगामी अक्टूबरमा शूटिंग शुरू हुने उक्त फिल्ममा इमरान हाशमी र मालविका राजको मुख्य भूमिका रहेको छ  । टोनी डिसूजाको निर्देशनमा तयार हुने यस फिल्ममा भारत र पाकिस्तान बिचको सीमामा हुने लडाईलाई देखाइने  निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *