२०७५ सालको अन्तिम शेयर कारोबार पनि सुखद् रहेन, नेप्सेमा गिरावट

काठमाडौं, चैत्र २८ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०७५ साललाई आजबाट बिदाई गरेको छ । यस दिन नेप्से शुन्य दशमलव ५९ अंकले घटेर १ हजार १ सय ८४ दशमलव ०२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ०६ अंकले बढेर २ सय ५३ दशलमव ६४ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यस साताभर नेप्से आइतबार १७ दशमलव १६ अंकले बढेर ११६१ दशमलव ६० को बिन्दुमा पुगेको थियो भने सोमबार ९ दशमलव ३२ अंकले बढेर ११९१ दशमलव ६८ को बिन्दुमा पुगेको थियो । त्यस्तै मंगलबार भने १० दशमलव ५९ अंकले घटेर ११८१ दशमलव ०९ को बिन्दुमा पुगेको थियो र बुधबार ३ दशमलव ५२ अंकले बढेर ११८४ दशमलव ६१ को बिन्दुमा पुगेको थियो ।

कारोबारमा सबैभन्दा बढी कुमारी बैंकको भएको छ । यस कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा सँगै २१ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्न लागेको हुदाँ कारोबार बढी भएको हो । जसको कारोबारमा आज ३ करोड ६३ लाख ९ हजार बराबरको भएको छ । जसको बजार मूल्य आज पनि २५९ रुपैयाँ रहेको छ ।

यसदिन १ सय ७० कम्पनीको १२ लाख ५१ हजार २४१ कित्ता शेयर खरिदबिक्री भई ३९ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वा्िधक कमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ९ दशमलव ९२ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वा्िधक गुमाउनेमा घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ८ दशमलव ६४ प्रतिशतले घटेको छ ।

यस दिन १० वटा उपपरिसुचकहरुमा ६ वटा समूहहरु बढेका छन् भने ४ वटा समूहरु घटेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *