एक भन्दा बढी सहकारीमा कारोबार गर्न नपाईने

काठमाडौं । अब सर्वसाधारणले एक भन्दा बढी सहकारी संस्थामा कारोबार गर्न नपाउने भएका छन् । सहकारी ऐनमा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने गरेसँगै धेरै वटा सहकारीमा कारोबार गर्न नमिल्ने भएको हो ।

सहकारी ऐन—२०७४ को दफा ३२ मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने व्यवस्था छ । यसैगरी ऐन प्रारम्भ हुनुअघि नै एक भन्दा बढी संस्थाको सदस्य रहेका व्यक्तिले तीन वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्नेछ ।

२०७४ साल कात्तिक १ गतेदेखि ऐन लागू भएकाले एकभन्दा बढी सहकारी संस्थामा सदस्यता लिएका व्यक्तिहरुले २०७७ साल असोजभित्रै आफूले छनौट गरेको कुनै एकमात्र सहकारीमा सदस्यता राखि अन्य संस्थाहरूको सदस्यता अन्त्य गनुपर्ने भएको छ ।

सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै निर्देशन अनुसार सदस्यता कायम नगर्ने संस्थालाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

सहरी क्षेत्रमा सर्वसाधारणले एक भन्दा बढी सहकारीमा सदस्य बनेर कारोबार गर्दै आएका छन् । एकै व्यक्तिले धेरैवटा सहकारीमा कारोबार गर्दा विकृती बढेको भन्दै सरकारले ऐनमै यसलाई हटाउने व्यवस्था गरेको हो । तर, सहकारी अभियानकर्मीहरुले भने यसलाई कार्यान्वयन गर्न नसकिने भन्दै विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *