बचत तथा ऋण सहकारीको अब मर्जर अभियान सुरु गर्छुः अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमार्फत अब ठूला उद्योगहरुमा पनि लगानी हुनुपर्ने भन्दै त्यसका लागि कानुन बाधक भए संशोधन गर्न सरकार तयार रहेको बताएकी छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको कार्यक्रममा उनले सहकारीमार्फत साना ठूला दुवै उद्योगमा लगानी बढाउनुपर्ने र विशेषगरी कृषिमा आत्मनिर्भर हुनुपर्ने बताइन् । सहकारीले उत्पादन बढाएर कृषिको व्यापार घाटा कम गर्नुपर्ने अर्यालको तर्क छ ।

गरिबी निवारण बिना समृद्धि हासिल गर्न नसकिने भन्दै अर्यालले सहकारीमार्फत नै गरिवी निवारण सम्भव भएको दावी गरिन् । बचत तथा ऋण सहकारीको संख्या धेरै भएको मर्जर अभियान चलाउने उनको भनाई छ । मन्त्री अर्यालले जीवन बदल्ने माध्यम सहकारी नै भएकाले नियमनमार्फत सहकारीलाई सदस्यमैत्री बनाउन दवाव सिर्जना गरिने बताइन् । उनले भूमिको अधिकतम उपयोगबाट नै उत्पादन बढाउन सकिने बताइन् । अर्यालले सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा सरकार रहेको भन्दै भूमिको उत्पादकत्व बृद्धि, उन्नत र आधुनिक कृषि उद्योगको विकास बजारिकरण, खाद्य सम्प्रभुता र ग्रामीण गरिवीको जीवनस्तर उकास्ने कार्यतर्फ सरकार लागिरहेको उनको भनाइ छ । अर्यालले भनिन्, ’भूमि सुधार भनेको गरिवलाई जग्गा बाँड्ने कुरा मात्र होइन, बाँझो रहेका हजारौं जमिन कसरी कृषि उत्पादनमा लगाई अधिकतम लाभ लिने हो ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *