बैंकमा अब १ लाखभन्दा कम रकम जम्मा गर्दा नचाहिने भयो परिचयपत्र

काठमाडौं : अब कुनै पनि बैंकमा १ लाख वा सो भन्दा बढी रकम जम्मा गर्दा मात्र परिचयपत्र देखाए हुने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि खातावालाबाहेक अन्य व्यक्ति नगद जम्मा गर्न जाँदा परिचय खुल्ने कागजात पेस गर्नुपर्ने व्यवस्था गरेपछि सर्वसाधारण सेवाग्राहीले निकै दुःख दिएको भन्दै विरोध हुँदै आएको थियो । झिनामसिना वित्तीय कारोबारमा समेत अनावश्यक दुःख र झन्झट व्यहोर्नुपरेको भन्दै चौतर्फी आलोचना भएपछि राष्ट्र बैंकले यसअघिको निर्देशन पुनः संशोधन गर्दै अबदेखि एक लाख रुपैयाँभन्दा बढी नगद जम्मा गर्ने (खातावाला बाहेक) सँग मात्र पहिचान खुल्ने कागजात (परिचयपत्र) लिए पुग्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले क, ख, ग वर्गका वित्तीय संस्थालाई जारी गरिएको निर्देशन संशोधन गर्दै आइतबार पुनः यस्तो निर्देशन दिएको हो ।

चुक्ता पुँजी नपुग्ने बैंकलाई फोर्स मर्जर वा एक्विजिसनमा पठाइने
यता, राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई अनिवावर्य मर्ज तथा एक्विजिसनमा पठाउने भएको छ । गत आर्थिक वर्षको बाह्य लेखा परिक्षण गरी सार्वजनिक गरिएको वित्तिय विवरणमा लेखा सम्बन्धीे टिप्पणीमा तोकिएको न्यूततम चुँक्ता पुँजी पुगेको व्यहोरा उल्लेख हुनुपर्नेछ । बाह्य लेखा परीक्षण विवरण प्रकाशित गर्दासमेत पनि चुक्ता पुँजी नपुग्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गर्ने भएको हो । यदि न्यूनत्तम चुक्ता पुँजी पुगेको व्यहोरा उल्लेख नभएमा ती बैंकलाई नगद लाभांश वा बोनस सेयर घोषाणा र वितरण गर्न पनि रोक लगाइने भएको छ । साथै, निक्षेप संकलन र कर्जा प्रवाह गर्न रोकसमेत लगाइनेछ । यसैगरी शाखा विस्तारमा पनि रोक लगाइने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *