बैंकिङ तरलतामा पोहोरभन्दा उल्टो अवस्था: आन्तरिक ऋण उठाउँदा तरलता सहज हुनै पाएन

काठमाडौं। बैशाखको सुरुवातबाटै तरलता सहज हुने गरेकोमा यसपाली असार लाग्न लाग्दा पनि सुधारको कुनै संकेत देखिएको छैन।

सरकारले खर्च गर्न नसक्दा बैंकिङ तरलता अभाव कम नभएको हो। सरकारले खर्च नगर्ने तर बैंकहरुले निक्षेप संकलनको तुलनामा ऋण अत्याधिक बृद्धि गर्दा तरलतामा निरन्तर दबाब देखिएको हो। पछिल्ला दुई बर्षमा यतिबेला तरलता सहज हुने

‘विगतका जेठ-असारको तुलनामा यसपाली निक्षेप बृद्धि हुन सकेको छैन,’ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने। पुरानो प्रबृत्ती अनुसार बैंकरले यतिबेला तरलता सहज हुने अपेक्षा गरेका थिए। अझै पनि बैंकरको आशा भने मरेको छैन। शेरचन भन्छन्- बर्षको अन्त्यसम्म पैसा आउन पनि सक्ला।

सरकारले अन्तिम समयमा आएर आन्तरिक ऋण उठाएका कारण पनि तरलता अभाव झनै चर्किएको हो। सरकारले १७२ अर्बमध्ये ८६ अर्ब रुपैयाँ १५ दिनभित्र उठाउने तालिका बनाएको थियो। तर तरलता अभावका कारण ५४ अर्ब रुपैयाँभन्दा उठाउन सकेन।

‘सामान्य अवस्थामा पनि तरलता अभाव भैरहेको थियो। त्यसमाथि आन्तरिक ऋण उठाउँदा यसको असार बजारमा परेको छ,’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने। उनका अनुसार, राष्ट्र बैंकले अघिल्लो साता निष्काशन गरेको ट्रेजरी बिलमा माग अनुसार आवदेन नपरेको देख्दा बैंकिङ तरलताको समस्या थप बढ्दै गरएको संकेत गर्छ।

हरेक वर्ष बैशाख लागेसँगै सरकारी बजेट खर्च बढ्ने गरेको थियो। यस वर्ष फरक किसिमको अवस्था देखिएको बैंकरहरु बताउँछन्। आर्थिक वर्ष सकिन ३६ दिन मात्रै बाँकी रहदा पूँजीगत खर्च ४६.१२ प्रतिशत मात्रै भएको छ।

सरकारले सुरुवाति अवस्थाका परियोजनालाई धेरै बजेट छुट्याउने, राम्रो काम भएको परियोजनामा कम बजेट हाल्ने र समयमा बन्नु पर्ने परियोजनामा ढिलाइ गर्दा पनि विकास खर्च हुँदैन। ठेक्का प्रणालीका समस्याले गर्दा समयमा ठेकेदारले काम गर्न सक्दैनन्। कतिपय ठेकेदारले काम सकेपछि पनि पैसा भुक्तानी पाएका छैनन्।

यस्तो छ बैंकिङ तरलताको अवस्था 
बाणिज्य बैंकहरुले जेठ तेस्रो सातासम्ममा २७ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि २४ खर्ब ५९ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। जेठ लागेसँगै बजेट खर्च हुने र बैंकिङ तरलता समाधान हुने अपेक्षा गरिए पनि तीन सातामा १४ अर्ब रुपैयाँले निक्षेप बढेको छ भने ऋण लगानी ११ अर्ब रुपैयाँले बढेको छ।

बैंकिङ क्षेत्रमा पैसा आउने भन्दै बैंकहरुले आफ्ना ग्राहकलाई केही सयम थामिन आग्रह गर्दै आएका छन्। बैंकहरुले आक्रामक रुपमा लगानी गर्दा बैंकिङ तरलतामा थप समस्या देखा पर्दै आएको छ।

निक्षेपको अनुपातमा कर्जाको माग बढ्दै गर्दा प्राथमिकताको आधारमा ग्राहकको वर्गीकरण गरेर कर्जा प्रवाह गर्नु परेको राणाले बताए। पुराना ग्राहकले आफ्नो व्यवशाय विस्तार गर्न थप कर्जा माग गर्दा दिनै पर्ने बाध्यतामा बैंकहरु छन्।

आर्थिक वर्ष सकिने वेलामा मात्रै खर्च गर्ने परिपाटिले हरेक वर्ष वित्तीय चक्रलाई नै प्रभावित पार्ने गरेको छ। सरकारले त्रैमाशिक रुपमा कर उठाउने व्यवस्था बनाउन सक्ने तर खर्च गर्ने व्यवस्था बनाउन नसक्दा यस्तो अवस्था आएको शेरचन बताउँछन्।

सरकारले सोमबारसम्मा लक्ष्य अनुसार ७२.७२ प्रतिशत राजस्व संकलन गरिसकेको छ। तर बजेट खर्च भने जम्मा ६० प्रतिशत मात्रै भएको छ। सरकार आफ्नो ढुकुटीमा पैसा जम्मा गरेर रमाइरहेको बैंकरहरु बताउँछन्। खर्च नगरी ढुकुटीमा पैसा थन्काएर राख्दा बैंकिङ क्षेत्रमा पैसा आउन सक्दैन। यसले गर्दा बजारमा तरलता समाधान हुन नसकेको हो।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *