व्यवसायको लागि लगानी कसरी जुटाउने ?

कुनै पनि नयाँ व्यवसाय सुरु गर्नको लागि केहि पुँजी/लगानीको आवश्यकता पर्छ । सुरुवाती दिनमा गरिने यस्तो लगानीबाट व्यवसायको लागि चाहिने ठाउँ, उपकरण, फर्निचर, फाईल, बिल, व्यवसाय दर्ता जस्ता कुराहरुमा खर्च गर्न सकिन्छ । तर धेरैजसो समय यो खर्च जुटाउनै धेरैलाई मुस्किल परि रहेको हुन्छ । यस्तो लगानी रकम जुटाउने केहि उपायहरु निम्न छन्:

अगाडीबाट नै बचत गर्न सुरु गर्ने25923570 gold sack full of coins isolated on white background Stock Photo
भविष्यमा सुरु गर्ने व्यवसायको लागि अगाडीबाट नै योजना बनाइ बचत गर्न सुरु गर्ने हो भने व्यवसायको लागि लगानी जुटाउन गाह्रो पर्दैन । दैनिक ५० रुपैया मात्रै जम्मा गर्ने बानि बसाल्ने हो भने एक बर्षमा करिव १८ हजार ३ सय रुपैया जम्मा गर्न सकिन्छ ।

सापटी लिने

व्यवसाय सुरु गर्नु अघि आफ्नो योजनाको बारेमा आफ्नो नातागोता, साथीभाई, आफन्तलाई राम्रोसँग बताई उनीहरुलाई भविष्यमा फिर्ता गर्ने सर्तमा अहिले लगानीको लागि चाहिने रकम सापटी माग्न सकिन्छ । यसरी सापटी लिदा भविष्यमा रकम फिर्ता गर्ने समय, व्याजदर, फिर्ता गर्नु पर्ने रकम सबै उल्लेख गरि एउटा कागजमा लेखि दुवैजानाले सहमति स्वरूप हस्ताक्षर गर्न छुटाउनु हुन्न । यसो नगर्दा पैसाको कारण दुश्मनी पनि बढ्न सक्छ ।

सहकारी, माइक्रो फाईनान्स् वा बैंकहरुबाट ऋण लिने

यदी तपाई स्थानीय सहकारी संस्थाको सदस्य हुनुहुन्छ भने त्यहाँबाट पनि ऋण लिएर व्यवसायमा लगानी गर्न सक्नुहुन्छ । स्थानीय सहकारी संस्थाहरुले आफ्नो सदस्यहरुलाई बिना धितो नै ऋण दिने गर्दछन् । त्यस्तै हिजोआज माइक्रो फाईनान्स् कम्पनीहरु र बिभिन्न बैंकहरुले पनि व्यवसायिक कर्जा दिने गरेको भेटिन्छ । जस्तै: हिमालयन बैंकको जस्तै: हिमालयन बैंकको स्मल पर्सनल बिजिनेस लोन, ग्लोबल आई एम ई बैंकको  ग्लोबल स्मल बिजिनेस लोन

सुलभ कर्जा र अनुदान लिने

समय समयमा निभिन्न गैर सरकारी संस्थाहरु र नेपाल सरकारले पनि व्यवसाय गर्न चाहाने युवाहरुको लागि सुलभ ऋण र अनुदानहरु दिने गर्दछन् । नेपाल सरकारको युवा स्वरोजगार कोष पनि यसको एउटा उदाहरण हो ।

के आजै बाट व्यवसायको लागी लगानी जुटाउने हैन त ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *