छक्कापञ्जा-२को गीत अल्मोडाले कपी गरेको भन्दा धेरैलाई पत्यार नलाग्ला…

छक्कापञ्जा-२को गीत अल्मोडाले कपी गरेको भन्दा धेरैलाई पत्यार नलाग्ला… दीपाश्री निरौलाद्वारा निर्देशित र दिपकराज गिरिद्वारा निर्मित नेपाली चलचित्र ‘छक्कापञ्जा-२’ को टाइटल सङ्ग ‘ए दाजु नसमाउ नाडीमा हिलो लाग्ला नायलनको साडीमा’ बोलको गीत गन्दर्भ जातिको पुस्तैनी गीत हो । जुन गीतको संगीत अल्मोडा राना उप्रेतीले नभई कान्छामगर नेपालीले कम्पोज गरेका थिए । अहिले सम्म सबैभन्दा बढी कमाउने उक्त चलचित्रका निर्माण पक्षले अल्मोडा राना उप्रेतीको नाम हालेर कान्छामगर नेपालीमाथि अन्याय गरेको भन्दै परिवारजनले प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्दा हाल्ने तयारी गरेका छन् । को हुन् कान्छामगर नेपाली ? ख्यातिप्राप्त लोकगायक रामशरण नेपालीका पिता, विश्वका प्रख्यात सारङ्गीवादक श्याम नेपालीका हजुबुवा र किरण नेपालीहरूका गुरु र मार्गदर्शक पनि हुन् कान्छामगर नेपाली । उहाँको जन्म वि.सं १९७७ मा र मृत्यु २0६३ साल आर्थात् ८६ वर्षमा भएको थियो । सक्षम व्याण्डका प्रीन्स नेपाली कान्छामगर नेपालीकै पनाति हुन् । जो सानैदेखि गायन र संगीत प्रतिभाका धनी छन् । प्रीन्सले प्रसंगवश एकताका अल्मोडा राना उप्रेतीलाई जिज्युबाजेको गीत र संगीत सुनाएका रहेछन् तर, हुबहु कपी गर्लान् भन्ने उनले कल्पना समेत गरेका थिएनन् ।

5 Replies to “छक्कापञ्जा-२को गीत अल्मोडाले कपी गरेको भन्दा धेरैलाई पत्यार नलाग्ला…”

  1. मलाइ त लाग्छ यो पुरै फिल्म नै कपि छ ।दिपक सङ चै के talent छ र सल्मान खान को बिल्ला गर्न पर्नी ।एक कलाकार भएर अर्को कलाकार को सम्मान गर्न जान्नु पर्छ ।छक्का पन्जा फिल्म को story नि के हो के थियो ।त्यो नि तेसै हिट भएको हो ।कहिले कता देखाको छ त कहिले कता ।

  2. Chakka panja lai bhanda ni almoda lai chain kanuni karbahi ka sathai srijana choriko muddama kada karbahi garnu parxa

  3. Youtube mai Bakaida lekhya chha ta Music by Prince & late kanchha magar Nepali bhanera yar.. Lyrics pani Prince ra Deepakraj Giri le milera banako. Almoda ta music compose ra vocal matrai chha. kura nabujhi news nalekhum na yar solti ….

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *