आज र भोली मुलुकका विभिन्न स्थानमा मौसम बदली हुने, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । काठमाडौँसहित मुलुकाका मविभिन्न स्थानमा शुक्रबार र शनिबार मौसम बदली हुने सम्भावना रहेका छ ।

मुलुकका धेरैजसो ठाउँमा मौसम बदली हुँदा पश्चिम पहाडका केही ठाउँमा आज शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना भएको मौसम पुर्वानुमान महासाखाले जनाएकाने छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अनुसार आज देखि मुलुकको पूर्वी क्षेत्रबाट प्रवेश हुने वायुको प्रभावले देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुने भएको हो । देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार पनि देशको अधिकांश भागमा मेघ गर्जनसहित सामान्यदेखि पूर्ण बदली र हिमाली भेगमा हिमपात हुने सम्भावना छ । तराईका सीमावर्ती जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *