एक्सन किङ्ग शिव श्रेष्ठको अमेरिका यात्रा रोकियो……

एक्सन किङ्ग शिव श्रेष्ठको अमेरिका यात्रा रोकियो

काठमाण्डौं, ३१ साउन/ यही आउँदो शनिबार भदौ ३ गते तद्नुसार अगस्त १९ अमेरिकाको कोलोराडो शहरमा सम्पन्न हुन गइरहेको दोस्रो `खुम्बुक्लोच ग्लोबल अवार्ड´मा भाग लिने तयारीमा रहेका एक्सन किङ्ग शिव श्रेष्ठको अमेरिका यात्रा रोकिएको छ ।

पारिवारिक स्रोतका अनुसार सुपर स्टार श्रेष्ठको ससुरा बुवाको हिजो राती चितवनको भरतपुर-१ स्थित आफ्नै निवासमा असामाहिक निधन भएकोले उहाँको यात्रा रोकिएको हो । उहाँका स्वर्गीय ससुराबुवा लक्ष्मीनारायण श्रेष्ठको जन्म विसं. २००८ असोज १० गते म्याग्दीको तातोपानीमा भएको थियो ।

स्व. श्रेष्ठको दुई छोरा र तीन छोरीमध्ये माहिली छोरी सृजना श्रेष्ठसँग १५ वर्षअघि एक्सन किङ्ग शिव श्रेष्ठसँग विवाह भएको हो। ससुराबुवाको निधन लगत्तै नायक श्रेष्ठ स-परिवर भरतपुर पुग्नु भएको छ । शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै पूण्यात्माको चिरशान्तिका लागि ट्रीमिडिया परिवार भगवान बाघ भैरवनाथसँग प्रार्थना गर्दछ ।

 

One Reply to “एक्सन किङ्ग शिव श्रेष्ठको अमेरिका यात्रा रोकियो……”

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *