कीर्तिपुर नगर कार्यपालिकाले अर्को प्रशंसनीय कार्य गरेको छ ।

कीर्तिपुर,साउन ७/ नगरक्षेत्रको प्रवेशद्वारसँगैको मङ्गल माध्यमिक विद्यालय भवनको बाहिरी संरचनाले घुम्तीसडकमा केही अवरोध उत्पन्न गर्दै आएको थियो ।
अति व्यस्त परिक्रमा रोडमा छतको छज्जी केही बाहिरसम्म लमतन्न परेकोले साउन ७ गते शनिबार बिदाको दिन पारेर नगरपालिकाले भत्काएको छ ।
मूलसडक केही अशोभनीय पनि देखिन्थ्यो, नगरपालिकाले भत्काएर बेलैमा बुध्दि पुर्‍याएको स्थानीय बुध्दिजीवी बुध्दि महर्जनको प्रतिक्रिया रहेको छ । यसले विद्यालयको संरचनामा कुनै बाधा नपुग्ने महर्जनले बताउनुभएको छ ।

One Reply to “कीर्तिपुर नगर कार्यपालिकाले अर्को प्रशंसनीय कार्य गरेको छ ।”

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *