क्रान्तिकारी अध्यक्ष तामाङको उदघोष : विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याइन्छ

नेकपा (माअ‍ोवादी केन्द्र) निकट अनेरास्ववियु ( क्रान्तिकारी) का नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

 

मतपरिणाम घोषणा गर्न शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा परम्परागत शैलीबाट विद्यार्थी आन्दोलन अघि बढ्न नसक्ने भन्दै अध्यक्ष तामाङले आफू गरिब, निमुखा र उत्पीडत विद्यार्थीको पक्षमा उभिने बताए । सबैको सहयोगबाट संगठनलाई चुस्तदुरुस्त राख्ने भन्दै शिक्षामा देखिएको विकृति–विसङ्गति अन्त्य गर्नु आफ्नो पहिलो दायित्व हुने उनले बताए ।

अनेरास्ववियु ( क्रान्तिकारी) शैक्षिक क्षेत्रमा देखिएका निजीकरण, व्यापारीकरण र माफियाकरणविरुद्ध लाग्ने उनले बताए । शनिबार सम्पन्न मतगणनामा आफ्ना प्रतिद्वन्द्वी अनिल शर्मालाई २३ मतले हराउँदै तामाङ पहिलो पटक निर्वाचन प्रक्रियाबाट अध्यक्ष चुनिएका हुन् । तामाङले ८ सय ४५ र शर्माले ८ सय २२ मत प्राप्त गरे ।

Akhil Krantikari

निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले संगठनमा पहिलो पटक निर्वाचन गराएर लोकतान्त्रिक विधि तथा प्रक्रिया अपनाइएको बताए । नयाँ निर्वाचित कमिटीलाई विद्यार्थी आन्दोलन थप नयाँ ढंगले अघि बढाउन उनले आग्रह गरे । कार्यक्रममा निर्वाचन समितिका संयोजक रमेश मल्लले विजयी उम्मेदवारको नाम घोषणा गरेका थिए ।

 

भदौ ७ देखि सुरू अनेरास्ववियु ( क्रान्तिकारी) को २१औं राष्ट्रिय सम्मेलनले २ सय ४३ जनाको नयाँ नेतृत्व चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *