घरजग्गाको पूँजीगत लाभकर घट्यो, १० प्रतिशतको लाभकर ५ प्रतिशतमा झर्यो

काठमाडौं। घरजग्गामा पुँजीगत लाभकरको दर घटेको छ। आव २०७६/७७ को बजेट बक्तव्यमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले घरजग्गा ५ प्रतिशत मात्र अग्रिम पुँजीगत लाभकर लाग्ने गरी घटाएको बताएका छन्।

अहिले घरजग्गा कारोबार गर्दा नेपालभर नै १० प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ।

खासगरी व्यक्तिगत कारोबारीभन्दा पनि कम्पनीहरुको हकमा लागु हुने अग्रिम पुँजीगत लाभकरको दर घटाइएको भए पनि यसबाट महानगर र उपमहानगरकेन्द्रित घरजग्गा विकास गर्ने (रियल इस्टेट) कम्पनीहरुले पनि यसको लाभ पाउने छैनन्।

उपत्यकाका काँठ र मोफसलमा जग्गा प्लटिङ गर्ने कम्पनीलाई यसले राहत पुग्नेछ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *