घर जग्गाको मूल्य दुई गुनाले घट्यो! आनाको कति ?

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह रोकमा कडाई गर्न थालेको छ । अहिले विशेषगरी अनुत्पादक क्षेत्रमै बैकका कर्जा प्रवाह तुलनात्मक रुपमा बढी भईरहेको छ । यसलाई रोक्न राष्ट्र बैंकले कडाई गरेको हो । राष्ट्र बैंकको कडाईको प्रत्यक्ष मारमा भने सेयर, घरजग्गा र अटो लोनमा परेको छ ।

बजारमा तरलता अभावभएको भन्दै राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।उनका अनुसार सेयर, घरजग्गा र अटो लोनमा कटौती गर्न बैकरलाई निर्देशन दिएका थिए । त्यस लगत्तै नेपाल बैंकर्स संघले अनुत्पादक क्षेत्रका रुपमा चित्रित गरिएको घर जग्गा कर्जा, मार्जिन लेण्डिङ र अटो लोनमा व्यापक कटौती गर्ने निर्णय गरेको थियो ।

अहिले भने घरजग्गाको कारोबार ठप्प प्राय छ । घरजग्गाको महिनैपिच्छे कारोबार घट्दै अब जग्गाको भाउँ कौडिको मुल्य हुन सक्ने ब्यबासायीहरु बताउँछन् । बैंकले यस्ता क्षेत्रमा लगानी नगर्ने भनेपछि राता रात कमाउला भन्नेहरु चुर्लुम्मै डुब्ने अवस्थामा आएका छन् ।

आनाको १० लाख भनेको जग्गा ७ दिन मात्र भयो ६ लाख आनामा लिनुभन्दा पनि मान्छेले लिन छोडिसके

एक महिनादेखि जग्गा खोज्दै हिडेका ललितपुरका अनुप शर्मा अहिले निकै खुशी देखिएका छन् । एक महिना देखी जग्गाको खोजिमा भौतारी रहेका रहेछन् । उनी दिनहु जसो दलालिको संपर्कमा पुग्दा रहेछन ।

उनी अब जग्गा किन्ने पक्कामा पुगेका छन् । भन्छन्, २० फुटे बाटोमा ७ दिन अघी ९ लाख आना भन्दै थिए, आज ७ दिन पछि ६ लाख आनामा लिउ मन्दी आयो भन्दै छन्, अब १० दिन मात्र कुर्नु पर्छ, ६ बाट ४ मा आउछन त्यसपछी मात्र म किन्छु । उनी भन्छन’ धन्यवाद छ नेपालका बैंकहरुलाई, लोन त बन्दै गर्नु पर्छ, नभए हामी जस्ता गरीब ४ आना जग्गा सपना मात्र हुने रहेछ ।

राष्ट्र बैंकले घरजग्गा क्षेत्रको लगानीमा कडाइ गरेपछि घरजग्गा क्षेत्रमा कारोवार ठप्प छ । कारोबारको कमीसँगै मूल्य पनि कम हुन थालेको व्यवसायी बताउँछन् । आनाको १० लाख भनेको जग्गा ७ दिन मात्र भयो ६ लाख आनामा लिनु भन्दा पनि मान्छेले लिन छोडि सकेका छ ।

ठुला ब्यबसायी चुर्लुमै डुब्ने अवस्थामा पुग्छन्, भने ४ आना ८ आना मात्र लिने साना लगानी कर्तालाई भने फाईदा हुने छ सस्तोमा खरिद गर्न पायो ।’ पछिल्लो समयमा कारोबार नै भएको छैन् भन्दा फरक नपर्ने जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठको भनाई छ । उनी भन्छन्, ‘माग भए पनि कारोबार हुन सकेको छैन ।’ राष्ट्र बैंकले तोकेको सिलिङका कारण कारोबारमा शिथिलता आएको उनले बताए ।

राष्ट्र बैंकले जग्गा कारोवारको लागि कर्जा प्रर्वाह गर्न सिलिङ तोकेको छ । सिलिङका कारण व्यवसाय ठप्प भएपछि केही समयअघि व्यवसायीले राष्ट्र बैंक र सरकारका अधिकारीसँग छलफल गरेका थिए । छलफलमा खासै निष्कर्ष ननिक्लेपनि व्यवसायीले सरकारी अधिकारीहरुले कुनै राम्रो डिसिजन लिनेमा ढुक्क छन् ।

बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएसँगै अहिले ठूल्ठुला अपार्टमेन्ट समेत नगदमा खरिद भईरहेका छन् । पछिल्ला प्रोजेक्टहरूमा ७५ प्रतिशतको हाराहारीमा नगद खरिद भएको श्रेष्ठको भनाई छ । तर बैंकहरूले भने राष्ट्रबैंकको निर्देशन अनुसार घरजग्गामा लगानी ठप्पै पारेका छन् ।यो अबधी कम्तिमा २/३ बर्ष नै चल्न सक्ने देखिएको उनको भनाई छ । अहिले अवस्थामा सर्बसाधारण जनतालाई जग्गामा लगानी गरिहाल्नुस् भन्ने अवस्था पनि छैन । पछिल्लो समयमा जग्गाको मूल्यमा पनि असर परेको उनले बताए ।

अहिले जग्गाको मूल्य २ गुना घट्न थालिसकेको छ । पहिले रियलस्टेटको कर्जामा सिमा तोक्दा मन्दि आयो । पछि मन्दिको असर सकिनै लाग्दा भूकम्प आयो र त्यसले पनि हाउजिङ र अपार्टमेन्टबारे नकारात्मक असर ग¥यो ।पछि पुननिर्माण गरेर बेच्ने बेलामा कर्जामा कटौती गरियो र ब्याज वृद्धि भयो, यतिबेला घरजग्गा व्यवसाय चरम संकटमा छ’, महासचिव मिनमान श्रेष्ठले भने ।नेपाल उद्योग बाणिज्य महासंघको शहरी विकास समितिका सभापति तथा घर जग्गा व्यवसायी ओमराज भण्डारीले पनि तरलताका नाममा घर जग्गाको ऋणमा कटौती गरिएसँगै व्यवसाय संकट उन्मुख रहेको बताए ।

‘शहरी क्षेत्रमा एक करोड भन्दा कम मूल्यका घर पाइँदैनन्, एक करोडमा घर किन्न आउने मान्छे कसैसँग पनि नगद हुन्न । सबैले बैंकबाट ऋण लिने हो ।बैंकले ऋण नियन्त्रण र व्याज वृद्धि गरेपछि घर बिक्रि घट्छ’, भण्डारीले भने । उनले भूकम्पका कारण थला परेको घर जग्गा व्यवसाय तंग्रिनै लागेका बेला राष्ट्र बैंकको कदमले फेरी धारासायी अवस्थामा पुगेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *