चोभारमा ट्याङ्कर र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

काठमाडौं । काठमाडौंको चोभारमा ट्याङ्कर र मोटरसाइकल ठोक्किदा एक को मृत्यु भएको छ । मृत्यु हनुेमा ट्याङकर सहचालक स्थायी घर सिन्धुपाल्चोक चौतारा भई हाल ललितपुरको सानेपा बस्दै आएका १७ वर्षका सन्देश गिरी रहेका छन् ।

चोभार नजित बिहीबार राति बा १ ख ८९२४ नम्बरको ट्याङकर र बा २७ प ४२४७ नम्बरको मोटरसाइकल ठोक्किँदा ट्याङकर सडकबाट झण्डै १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक टौदहका अजित महर्जनको स्टार अस्पतालमा सानेपामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ट्याङकर चालक भने फरार रहेको र उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *