जब मन मिल्यो काम मिलेन :जान्नुस् विवाहपछि पलायन नेपाली अभिनेत्रीहरु बारे

नेपाली सिनेमा वृतमा नयाँ नायिकाहरुको आगमन भएसंगै पुराना नायिकाहरु पलायन भइरहेका छन् । कुनै बेला चलेका प्राय जसो नायिकाहरुले विवाह गरिसकेका छन् । विवाह पछि पनि कति नायिका सिनेमा अझ सक्रिय छन् त कति आफ्नो श्रीमानसंग विदेश पलायन भइसेका छन् । ग्ल्यामर सिने नगरीमा विवाह पछि सक्रिय भएका नायिकाहरु हातमा गन्न सकिन्छ । आज हामी चर्चा गर्दछौँ मन मिलेर पनि काम नमिलेर विदेश पलायन भएका अभिनेत्रीहरु बारे :

 

१.विपना थापा

कुनै समयकी व्यस्त तथा चर्चित नायिका हुन –विपना थापा । विपनाले जन्मभूमि, अप्सरा, नाता रगतको, आगोे, तँ त साह्रै बिग्रिस नी बद्रि, मामा भान्जा, मीतिनी, शहिद गेट, ख्यालख्यालैमा लगायत दर्जनौँ सिनेमामा काम गरिसकेकी छिन् ।थापाले भारतीय नागरिक आँशुतोष भारद्धाजसंग विवाह गरेकी थिइन् । विवाह गरेसंगै उनी भारत गएकी हुन् । हाल थापा भारतको मथुरामा बस्छिन् । विपनाका श्रीमान्   व्यवसायी हुन् । विपनाले सिनेमा खेल्न छोडेको धेरै बर्ष भइसक्यो । उनी आफ्नो छोरा कुशाग्रसंग गृहिणी जिवन रमाइरहेकी छिन् ।

 

२.जल शाह

नेपाली सिनेमा नगरीमा ‘अवतार’बाट डेव्यु गरेकी नायिका हुन – जल शाह । छोटो समयमा नै शाहले सिनेमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी थिइन् । ठूल्दाई, नेपाली बाबु, बादलपारी लगायतका सिनेमामा काम गरेकी शाह अहिले अमेरिकामा बस्छिन् ।अमेरिकामा बसोबास गर्दै आएका सरदकुमार रिजालसँग विवाह गरेपछि शाह अमेरिका पलायन भएकी हुन् । उनका श्रीमान व्यवसायी हुन् । केहि महिना अघि मात्र नेपाल आएकी जलले मिडिया सामु नेपाली चलचित्रमा अझै काम गर्न मन लागेको बताएकी थिइन् ।

 

३.झरना बज्राचार्य

पूर्व मिस नेपाल तथा अभिनेत्री झरना बज्राचार्यले भारतीय मूलका मलेसियन व्यवसायी राहुल अग्रवालसँग विवाह गरेकी हुन् । थुप्रै नेपाली चलचित्रको साथमा म्युजिक भिडियोमा देखिन्दै आएकी झरना हाल आफ्नो श्रीमानसंग मलेसियामा बसोबास गर्दै आइरहेकी छिन् ।झरनाले केहि समय अघि मात्र एक छोरालाई जन्म दिएकी छिन् । उनी विवाह भएपछि नेपाली चलचित्रमा देखिएकी छैनन् ।

 

४.गरिमा पन्त

चलचित्र झोलाबाट अझ बढि चर्चित बनेकी नायिका गरिमा पन्तले बेल्जियम बस्ने नेपालीसंग विवाह गरेकी हुन । थुप्रै चलचित्रमा काम गरेकी गरिमाको करियरलाई झोलाले अझ ठुलो बनाईदिएको थियो ।तर, झोला पछि भने गरिमाको अभिनय रहेको चलचित्रहरु चलेनन् । चलचित्र नचलेपछि केहि समय मिडियामा नदेखिएकी गरिमाले सुटुक्क विवाह गरेकी थिइन् । उनले सामाजिक संजाल मार्फत तस्विरहरु पोस्ट गर्दै बेल्जियम निवासी हरि शर्मासंग विवाह गरेको सार्वजानिक गरेकी थिइन् । विवाह पछि उनि केहि महिना अघि नेपाल आफ्नो श्रीमानसंग आएकी थिइन् । बेल्जियममा गरिमा र उनको श्रीमान रेस्टुरा सञ्चालन गर्दछन् ।

 

५.अरुणीमा लम्साल

एक समयको चर्चित नायिका हुन –अरुणीमा लम्साल । करिब १३ बर्ष सिनेमामा बिताएकी अरुणीमा हाल अमेरिकामा छिन् । उनले दाग, दिलमाया, धड्कन, भरोसा लगायत लगभग ५२ चलचित्रमा काम गरिसकेकी छिन् ।एक छोरीकी आमा बनेकी लम्सालले बैँकर अमृत अर्यालसंग विवाह गरेकी हुन् । श्रीमानले अमेरिकामा ग्रीनकार्ड पाएपछि अरुणीमा पनि विदेश पलायन भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *