टोयोटाको सवारी किन्न गरिमा विकास बैंकबाट साढे १० प्रतिशतमा कर्जा पाइने

बैंकिङ खबर । यूनाईटेड टेर्डस् सिन्डिकेट्स प्रा.लि तथा त्यस सस्थाका आधिकारीक डिलरहरुवाट खरीद गरिएका टोयटा व्राण्डका सम्पूर्ण सवारी साधनहरुमा यस वैंकले वार्षिक १०.५०% व्याजदरमा १२ वर्षका लागि १४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र यूनाईटेड टेर्डस् सिन्डिकेट्स प्रा.लिबीच सम्झौता सम्पन्न भएको छ । सोमवार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र यूनाईटेड टेर्डस् सिन्डिकेट्स प्रा.लि को तर्फबाट महाप्रबन्धक महेश कुमारले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडबाट टोयटा कम्पनीको LIVA ETIOS मात्र रु.२९,२०२ मासिक किस्तामा, ETIOS CROSS मात्र रु. ३३,४१९ मासिक किस्तामा र हालसालै बजारमा आएको TOYOTA RUSH मात्र रु.५३,२३२ मासिक किस्तामा उपलब्ध हुने भएको छ ।  त्यस्तै, यस कम्पनीले विक्री गर्ने सम्पुर्ण व्राण्डका सवारी साधनहरुमा १२ वर्षे सरल किस्तावन्दीमा कर्जा उपलव्ध गराउने बताइएको छ । यसको साथै पर्यटन व्यवसायीहरुका लागि पनि यस व्राण्डका सवारी साधहरुलाई समेत यो स्किम दिन सकिने वैंकले जनाएको छ । यो कर्जा सुविधा यस वैंकका सम्पूर्ण ६१ शाखा कार्यालयहरुवाट पाईने छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका राजधानीमा ६ वटा शाखा कार्यालयहरु सहित देशभर ६१ शाखा कार्यालय संचालनमा रहेका छन । विकास बैंकले छिट्टै नै ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, दाङ्गको घोराही र कैलालीको धनगढीमा समेत शाखा कार्यालय खोल्दैछ । वैंकले हालसम्म निक्षेप तर्फमा रु.२२ अरव परिचालन गरिसकेको छ भने कर्जा तर्फ लगानी रु.२०.०० अरव गरिसकेको छ भने गत वर्षको नाफावाट लगानी कर्ताहरुलाई १०प्रतिशत बोनस सेयर र ३.७५% नगद लाभांश आगामी साधारण सभावाट स्वीकृत हूने गरि नेपाल राष्ट्र वैंक स्किृतार्थ पेश समेत गरिसकेको छ

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *