धादिङमा बस दुर्घटना ,४८ घाइते ७ को अबस्था गम्भिर

धादिङ असोज २४/मंगलबार धादिङमा बस दुर्घटना हुदाँ ४८जना घाइते भएका छ्न। ७ को अवस्था भने गम्भीर छ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपति डाँडामा मंगलबार दिउँसो बस दुर्घटना भएको हो ।
गम्भीर घाईतेहरुलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारको लागि काठमाडौँको ट्रोमा सेन्टर पठाइएको छ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका स्थित गुम्दीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस चालकको भनाइ अनुसार स्टेरिंग लक् भै अनियन्त्रित भएर दुर्घटना भएको भन्ने छ ।
अन्य घाईतेको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *