प्रहरीको एआइजीमा कार्की, रार्इ र बस्नेत सिफारिस

काठमाडौँ ,२७ भदौ। गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी०मा ३ जनाको नाम सिफारिस गरेको छ।

मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिको बैठकले तीन जना डिआइजीलार्इ एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बैठकले पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवाका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो। अब तीन जनालार्इ मन्त्रीपरिषद्ले बढुवाको निर्णय गरेपछि पदस्थापना हुनेछ ।

पछिल्लो पटक नेपाल प्रहरीमा जम्मा तीन जनामात्रै एआइजीको व्यवस्था गरिएको छ भने यसपटक तीन जनाका लागि पाँच जना प्रतिस्पर्धामा रहेका थिए । नेपाल समाचार पत्रबाट ।


प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *