मोटरसाइकल सर्भिसिङमा कतै ठगिनु त भएको छैन ? यस्तो छ मूल्य सूची

काठमाडौं:  मोटरसाइकल तथा स्कुटर सर्भिसिङ गर्दा कति रुपैयाँ तिर्दै आउनु भएको छ भनेर उपभोक्तालाई सोध्ने हो भने सबैले बेग्ला बेग्दै मूल्य भन्ने छन् । मोटरसाइकल सर्भिङ गराउँन जाँदा वर्कसपै पच्छिे भिन्दा भिन्दैका दरमा रकम तिर्नु पर्छ ।

त्यसैले नेपाल अटो–मेकानिक्स ट्रेड युनियनले सर्भिसिङ गर्दा के कति चार्ज लाग्छ भन्ने कुराको दर तय गरेको छ । यसले एकै खालको सर्भिस गर्दा सबै वर्कसपमा एक रुपता आओस भनेर उक्त मूल्य सूचि तयार गरेको छ । मोटरसाइकल सर्मिसिङ तथा पार्टपुर्जा खोल फिटमात्रको लागी भन्दै मूल्य सूचि बनाएको छ ।

उक्त सूचि अनुसार जनरल सर्भिसिङका लागि १ सयदेखि २ सय सीसीसम्मको लाई ५ सय ५०, २ सयदेखि ३ सय ५० सीसीसम्मलाई ७ सय ५० र त्यो भन्दा माथिका मोटरसाइकलको सर्भिसिङका लागि १ हजार रुपैयाँ लाग्ने छ । त्यस्तै स्कुटर ४ सय ५० रुपैयाँ लाग्छ ।

त्यस्तै सबै इन्जिन क्षमताका मोटरसाइकल र स्कुटरको वासिङ र पालिस गरेको १ सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *