यी हुन् पिएम र सिएमका सेतुपात्र

२०७२ असोज ३ मा संविधान जारी भएपछि नयाँ सरकार गठनको गोलचक्करमा फसेको राजनीतिले नयाँ निकास खोज्दै थियो । नेकपा एमाले अध्यक्ष केपी ओलीको चाहना काँग्रेस समेतको समर्थनमा प्रधानमन्त्री हुने थियो । तर तत्कालिन काँग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री स्व। शुसील कोईराला त्यसको विपक्षमा उभिए मात्रै होईन पुनः प्रधानमन्त्रीको प्रत्याशि बने, ओलीका विरुद्ध । एमाले अध्यक्ष ओलीलाई पूर्व राजनीतिक वचनवद्धता अनुसार राजनीतिक ईमानका आधारमा प्रधानमन्त्री बनाउन माओवादी अध्यक्ष प्रचण्ड सम्पूर्ण पार्टी शक्ति सहित लागि परे । नभन्दै संविधान जारीपछिको वाम गठबन्धनको केपी ओली सरकार ९ महिना सत्तामा रह्यो ।

 

उतिबेला पनि वाम गठबन्धनको सत्तासहयात्रा कम्तिमा एक दशकको लागि हुने भद्र सहमति थियो । त्यो समझदारी निर्माणका लागि एमालेबाट वामदेव गौतमहरु सक्रिय भए जस्तै माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र शक्तिबहादुर बस्नेतहरु सक्रिय थिए । भलै ९ महिनापछि सरकारको आलोपालो प्रणालीको समस्या र मधेश शक्तिको निरन्तरको विरोधको आलोकमा त्यो वाम गठबन्धनको सरकार दीर्घजीवि भएन ।
तत्कालिन एमाले माओवादीका सत्ता यात्राका शक्तिशाली पात्र थिए माओवादी केन्द्रका नेता शक्ति बस्नेत । ओली सरकारका गृहमन्त्री । तत्कालिन गृहमन्त्री बस्नेतलाई प्रधानमन्त्री ओलीलाई जस्तै चौतर्फी दबाब थियो । खासगरी मधेश आन्दोलनका आवरणमा अकारण थोपरिएको भारतीय नाकाबन्दीको सामना गर्नु प्रधानमन्त्री ओली र गृहमन्त्री बस्नेत समान दबाबमा थिए । बढी दबाबमा थिए, गृहमन्त्रीका रुपमा शक्ति बस्नेत ।
उतिबेला गृहमन्त्रीबारे हुने टिप्पणीमा भनिन्थ्यो गृहमन्त्री शक्तिको शक्ति सिएम र पिएमको चेपुवामा छ । हुन पनि सिएम अर्थात माओवादी अध्यक्ष प्रचण्ड र पिएम अर्थात प्रधानमन्त्री ओलीको सत्तासहयात्रीदेखि फरक फरक भुमिकाको समन्वयमा काम गर्नु तत्कालिन गृहमन्त्री बस्नेतका लागि अग्नीपरीक्षा नै थियो । त्यो पेचिलो समयमा सिएम, पिएम दुबै रिझाएर, कामले संतुष्ट बनाउने नाकाबन्दीकालिन संकटका सफल गृहमन्त्री उनै बने शक्ति बहादुर बस्नेत ।

 

माओवादीका एक जुझारु नेता शक्तिबहादुरको सत्ताकालिन गृहमन्त्रीको तत्कालिन शक्ति समन्वय पनि अहिले असोज १७ मा एमाले र माओवादीको चुनावी तालमेल तथा पार्टी एकता अभियानको एक कडी हो । यो तथ्य प्रचारमा कम आयो, तर भित्र भित्रै त्यही सिएम र पिएमलाई रिझाउने शक्ति अहिले दुई ठूला दलको एकता अभियानको एक प्रमुख कडीका रुपमा सफल रहयो ।
ओलीको प्रधानमन्त्री कालको मुख्य सफलता उनको राष्टवादी अडान थियो । ओली एक्लै लोकप्रिय भएका थिएन्न । उनलाई बलियो साथ र समर्थन थियो तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतको । शक्तिबहादुरका शक्ति स्रोत थिए पार्टीबाट अध्यक्ष प्रचण्ड लगायत । ओलीको राष्टवादी अडान गलत नरहेको तर त्यो अपूर्ण रहेको ठम्याई र निष्कर्ष थियो, तत्कालिन गृहमन्त्री तथा माओवादी नेता शक्ति बहादुर बस्नेतको ।
नभन्दै शक्तिको निष्कर्ष जस्तै ओलीको राष्टवादी अडानको विन्दुमा अहिले आएर माओवादी पार्टी सहमत भयो । सहमत मात्रै भएन, ओलीसंग चुनावी तालमेल र पार्टी एकताको युगिन निर्णय गर्ने विन्दुमा नै माओवादी आईपुग्यो । गृहमन्त्री शक्ति बहादुर बस्नेत मात्रै होईन, उर्जामन्त्री टोपबहादुर रायमाझी र आपूर्तिमन्त्री गणेशमान पुनहरु ऋोली सरकारका नाकाबन्दीको संकटका सारथी मन्त्रीहरु थिए ।

 

माओवादीका तत्कालिन मन्त्रीहरुले ओलीको विश्वास जितेका थिए ।। उनीहरुले उतिबेला ओलीको साथ र एमालेसंगको सहकार्यमा क्रमभंग गर्नुहुन्न भन्नेमा सफलता नपाए पनि अहिले भने सफलता पाएका छन । यसअर्थमा अहिलेको एमाले माओवादीको चुनावी तालमेल र पार्टी एकता अभियान तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतहरुले सुरु गरेको माओवादी एमाले सत्तासहकार्यको निरन्तरता र एक तहको सफलता हो भन्दा अतिशयोक्ति हुदैन ।

 

पूर्व गृहमन्त्री बस्नेतको निचोड जस्तै ओलीको राष्टवादी अडान र स्वाभिमानी सरकारको अर्को उदयका लागि हालको एमाले र माओवादी एकता अहिले नयाँ जग बनेको छ । हुन पनि हो ओलीको राष्टवाद सही छ, तर माओवादी नेता बस्नेतको ठम्याई जस्तै अब त्यसलाई थप पूर्ण बनाउनु छ । त्यसको पूर्णताका लागि अब माओवादीका शक्तिहरु र प्रचण्डहरु एमालेका ओलीहरुको एकतावद्ध सार्थक सामुहिक अभियानको खाँचो छ नै ।

 

जाजरकोटबाट प्रत्यक्ष चुनाव जितेका र जित्ने संभावना सधै जीवन्त राखेका शक्तिबहादुर बस्नेत माओवादी अध्यक्ष प्रचण्डका पूर्व स्वकीय सचिव पनि रहेको पुरानो पार्टी ईतिहासले उनको प्रचण्डसंगको निकटता र विश्वासको गहिराई तथा उचाईलाई झल्काउछ । प्रचण्डको स्वकीय सचिव भएकै बेला कोटेश्रमा उनले गोली निशाना आफै बनेर पनि पार्टीको हितका लागि गरेको योगदान र संघर्षले उनी जनयुद्धदेखि शान्तिकालसम्म, पार्टीदेखि सरकारसम्म पार्टीको हितका लागि कति धेरै संघर्षशील रहे भन्ने देखाउछ ।

पार्टी बलियो भए, अध्यक्ष प्रचण्ड शक्तिशाली भए मात्रै संतुष्ट हुने शक्तिबहादुरको पार्टी नीति छ । माओवादी शान्ति राजनीतिमा आएपछि अध्यक्ष प्रचण्ड विरोधी दलको निशानामा मात्रै परेन्न । उनलाई पार्टीभित्रै अल्पमतमा पार्ने वा सिध्याउने षडयन्त्रहरु बरम्वार भए । धोबिघाट होस वा खरीपाटीमा भएका माओवादी पार्टीका आन्तरिक षडयन्त्रहरु माओवादीबाट ऋध्यक्ष प्रचण्डलाई कमजोर बनाउने खुल्लम खुल्ला षडयन्त्रका असफल अभ्यास थिए ।

 

तर ती र त्यस्ता सबै अध्यक्ष विरुद्धका षडयन्त्रहरुका विरुद्धमा र अध्यक्ष प्रचण्डका पक्षमा सधै शतिशाल जस्तै खडा रहे शक्तिबहादुर बस्नेत । मुलतः खरीपाटी भेलाको संकटमा एक्लो बनाईएका बेला अध्यक्ष प्रचण्डका पक्षमा एक्लो वृहष्पति बनेर प्रचण्डको रक्षाकवच बन्ने पात्रै उनै थिए शक्तिबहादुुर बस्नेत । संकटमा प्रचण्ड सारथी बन्ने र लाभका अवसरमा वास्ता नगर्ने शक्तिसूत्रले नै उनले प्रचण्ड चाहना बिपरित ओली सरकारपछि बनेको माओवादी काँग्रेस गठबन्धनको वर्तमान सरकारमा दोहोरिन चाहेन्न । उनले ओलीको माओवादी विरोधको पुरानो उग्रतालाई मत्थर पार्दै दुई पार्टी एक हुने तहसम्म भित्र भित्रै रसायनको रुपमा काम गरे दुई दलका सिएमको सेतुपात्रात्रका रुपपा ।

 

वास्तवमा अघिल्लो वर्ष सत्तासहयात्रीका रुपमा ओली सत्ताका सारथीका रुपमा शक्तिबहादुरहरुले बाटेको डोरी अहिले पार्टी एकताको दाम्लो बनेको छ । शक्तिबहादुरहरुले एमाले माओवादीको कसेको साईनोको जुईनोमा एमाले माओवादीको साईनो पार्टी एकताको तहमा विकसित भएको छ । शक्तिबहादुरको संकटमा पार्टीभित्र प्रचण्डलाई खरीपाटी जस्ता प्रहारमा र ओलीलाई नाकाबन्दीका कहरमा दिएको हात, साथ र सहकार्य अब वाम सहकार्यको रुपमा झाँगिएको छ । ओली र प्रचण्डको यो एकता ओलीकालिन दुई पार्टीका शक्तिबहादुरहरुले राखेको जगको पूर्णता पनि हो । यसै मानेमा आफू ओझेल परेर पनि वृहत वाम एकताका सारथी बनेका शक्तिबहादुर बस्नेतहरु यो वृहत वाम एकताका नेपथ्यका नायक हुन भन्ने ओपन सेक्रेट भएको छ । वधाई यसै मानेमा एकताका सूत्रधार, नायकहरुलाई ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *