यी हुन् सस्तोमा घडेरी पाइने काठमाडौं उपत्यकाका स्थानहरु प्रमुख स्थानहरु

काठमाडौं । काठमाडौं उपत्यकामा जग्गाको मूल्य आकाशिएको छ । अघिल्लो वर्ष आनाको १० देखि १२ लाख रुपैयाँसम्ममा पाइने जग्गाको मुल्य अहिले २० लाख रुपैयाँसम्म पुगिसकेको छ ।

सरकारले स्थानीय तहमा अधिकार दिएर संघीयता लागू गरेपनि काठमाडौं उपत्यकामा घर बनाउन र आँउन चाहनेको संख्यामा कमी आएको छैन । सरकारको नीति अहिले काठमाडौं उपत्यकाको जग्गा खरिदबिक्रीलाई निरुत्साहित गर्ने खालको छ ।

घरजग्गाबाट आउने राजस्वमा कमी आएपनि मुल्य भने सो अनुपातमा घटेको छैन । घरजग्गा व्यवसायीसँगको कुराकानीको आधारमा काठमाडौं उपत्यकाको सस्तो जग्गाको बारेमा केही जानकारी दिने प्रयास गरेका छौ ।यी क्षेत्रमा आनाको १० लाखसम्म जग्गा पाइने गरेको छ। सुविधाको दृष्टिकोणले यी क्षेत्र उपयोगी हुन सक्छन् ।

थानकोट क्षेत्र

काठमाडौं भित्रने प्रमुख नाका थानकोट क्षेत्रफलको हिसाबले ठूलो नै छ । थानकोटका भित्री इलाकामा अहिले पनि आनाको ५ देखि १० लाख रुपैयाँसम्ममा जग्गा पाउन सकिने ठाउँ रहेका छन् । यद्यपि यस्तो जग्गा भने भिरालो क्षेत्रमा बढी पाइन्छ । मुख्य रोडको आसपास भने जग्गाको भाउँ अत्याधिक महंगो छ ।

दक्षिणकाली क्षेत्र

काठमाडौं भित्रने अर्को नाका दक्षिणकाली क्षेत्र हो । काठमाडौंमा आनाको १० लाखसम्म जग्गा खोज्नेको लागि दक्षिणकाली क्षेत्र अर्को विकल्प हुन सक्छ । काठमाडौंदेखि हेटौडा जाने बाटो सरकारले विस्तार गर्न थालेको छ । अहिले आनाको १० लाख रुपैयाँको हाराहारीमा दक्षिणकाली क्षेत्रमा जग्गा पाउन सकिन्छ।

रामकोट

काठमाडौंको सितापाइलाबाट जान सकिने रामकोट पनि सस्तो जग्गा चाहनेको लागि उपयुक्त विकल्प हुनसक्छ । कतिपय स्थानमा आनाको ७ देखि ८ लाख रुपैयाँसम्ममा पनि जग्गा पाउन सकिने ब्यवसायीहरु बताउँछन् ।

साखू

सस्तो जग्गाको लागि काठमाडौं उपत्यकाको अर्को विकल्प साखू पनि हो । अहिले चाबहिलदेखि साखुसम्म जाने बाटो निर्माण भइरहेको छ । यस आधारले सो क्षेत्रमा अहिले जग्गा १० लाख रुपैयाँ हाराहारीमा पाइन सकिने धेरैवटा क्षेत्र छन् ।

काठमाडौं उपत्यकामा ललितपुरका लुभू, लामाटार, धापाखेल लगायतका क्षेत्र पनि सस्तो जग्गाको लागि उपयुक्त बन्न सक्छन् । यस्तै भत्तपुरको लागि साँगा तथा सिपाडोल लगायतका क्षेत्रमा जग्गा पाइन सकिन्छ । उपत्यकाकै कतिपय स्थानमा ५ लाख रुपैयाँ आनामै जग्गा पाउन सकिएपनि त्यो भने सुविधाको दृष्टिकोणले उपयुक्त नहुँन सक्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *