उदयपुर : आजभोलि सामाजिक सञ्जालमा सकात्मक प्रचारप्रसारभन्दा नकारत्मक टीका टिप्पणी धेरै हुन्छन्। कसैको व्यक्तिगत चरित्र हत्यादेखि विकास निर्माणमा हुने कामप्रति खबरदारीसम्मका गतिविधि सामाजिक सञ्जालमा भेटिन्छन्। स्थानीय सरकारको कामकारबाहीप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता धेरै चनाखो बन्दै गएका छन्। अर्कोतिर त्यही कामको उल्टो व्याख्या गरेर चर्चा कमाउनेहरू पनि छन्। पछिल्लो समय त्यसैको एक उदाहरण बनेको छ, लिम्चुङबुङ गाउँपालिका-५ बुँइखा हिम्मा, रातमाटे कृषि सडक। गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ मा निर्माण गरेको सडक अहिले सामाजिक सञ्जालमा स्वर्ग जाने बाटो बनेको छ