सामाजिक सञ्जालमार्फत हुने भुक्तानी डलरमा गर्न पाइने

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत हुने विज्ञापनको भुक्तानी विदेशी मुद्रा( डलर) बाट गर्न पाउने बाटो खोलिदिएको छ । राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ‘सामाजिक सञ्जाल तथा अनलाइनहरु मार्फत हुने विज्ञापन वापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरि कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।
फेसबुक, युट्युर तथा अनलाइनको विज्ञापनवापत भुक्तानी तथा प्राप्ती डलर मार्फत गर्ने बाटो राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खोलिदिएको हो । हालसम्म फेसबुक तथा युट्युब लगायतका समाजिक सञ्जालहरुमा गरिने विज्ञापनका लागि विदेशी मुद्राको भुक्तानी वैध मानिदैन थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *