स्थानीय तहमा भ्रष्टाचार डरलाग्दाे : जनप्रतिनिधिहरु अाफैँ ठेक्कापट्टाकाे धन्दामा, अख्तियारमा उजुरीकाे चाङ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी स्थानीय तहमा भएका भ्रष्टाचारका उजुरी पर्ने गरेकाे जनाइएकाे ।

बुधबार प्रतिनिधिसभाकाे राज्य व्यवस्था समितिको बैठकमा बाेल्दै अायाेगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगमा सबैभन्दा बढी स्थानीय तहमा भएका भ्रष्टाचारको उजुरी रहेको बताएका हुन् । उनले याे कुरा निकै गम्भीर रहेकाे भन्दै समिति र संसदले बेलैमा गम्भीर भएर सोच्नुपर्ने सुझाव समेत दिए ।

अायाेगका सचिव महेश्वर न्यौपानेले समेत स्थानीय तहमा भ्रष्टाचार डरलाग्दाे रुपले माैलाएकाे बताए । उनले भने, ‘हप्ता हप्तामा स्थानीय तहका भ्रष्टाचारसम्बन्धी पोकाका-पोका उजुरी अाउने गरेका छन् । यस्तै अवस्था रहे भाेलि विकराल अवस्था अाउन सक्छ ।’

जननिर्वाचित पदाधिकारीहरु अाफैँ ठेक्कापट्टाकाे धन्दामा लाग्दा स्थानीय तहमा व्यापक भ्रष्टाचार बढेको अख्तियारकाे ठहर रहेकाे छ । स्थानीय तहका पदाधिकारी आर्फैले एक्जाभेटर किन्ने, मनलाग्दी भाडा असुल्ने र आफै ठेक्कापट्टामा संलग्न हुने प्रवत्ति बढेका कारण त्यहाँ भ्रष्टाचार डरलाग्दाे रुपले माैलाएकाे सचिव न्याैपानेकाे भनाइ थियाे ।

साथै नेपाल एयरलाइन्सकाे वाइडबडी जहाज खरिदमा भएको अनियमितामाथि समेत छानबिन सुरु गरिसकेकाे जानकारी प्रमुख अायुक्त घिमिरे समितिलार्इ दिएका छन् । उनले विमान खरिदमा भ्रष्टाचार प्रमाणित भए दाेषीलार्इ कारबाही गरिछाड्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *