देशको मुख्य राजमार्ग ठप्प , पुल र लच्कामा बाढीले क्षेती

रौतहट र बारा को सिमाना धन्सारपुलमा बाढीले क्षेती पुर्याउदा राजमार्ग बन्द भएको छ । पुलको पस्चिमतर्फ बाढीले सडक नै कटान गरेको छ ।

 

आइतवार दिउसा देखि पुर्वपस्चिम राजमार्ग बन्द भएको हो  साना सवारी साधन जोखिम मोलेर आवतजावत गरेका छन । पुरानो पुल सडक बिभागले नहटाउदा सो पुलमा बाढीले रुख अड्काएको र पुलको छेउमा कटान गरेको हो ।

 

सो पुल केही बर्ष अघि मात्रै निमार्ण भएको हो । यस्तै राजमार्गको पौराइ लच्कामा पनि पानी बढेकाले यातायात बन्द छ । बारा, सर्लाही, महोतरी स्थित पुर्वपस्चिम राजमार्गको पुल तथा लच्काहरुमा बाढीले क्षेती पुर्याएपछि देखकै मुख्य राजमार्ग ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *