नेपालगन्जको कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा तोडफोड

नेपालगञ्जस्थित कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका बिद्यार्थीहरुले कलेजमा तोडफोड गरेका छन् । लामो समयदेखि बिद्यार्थीहरुले राख्दै आएको मागप्रति कलेज प्रशासनले वेवास्ता गरेको भन्दै बिद्यार्थीहरुले आइतबार कलेजमा तोडफोड गरेका हुन ।

अध्यापन कार्यदेखि लिएर प्रशासनसम्म सबै लथालिङ रहेको र आफुहरुले लामो समयदेखि सहज अध्ययन गर्न नपाएकाले आफुहरु आन्दोलित हुनु परेको बिद्यार्थीहरुले बताएका छन् ।

 

उनीहरुले कलेजका बिभिन्न कोठा र कार्यालय कोठामा तोडफोड गरेका छन् ।  कलेजमा योग्य शिक्षक नभएको, प्रशासनतर्फ कर्मचारी नभएको, शैक्षिक गतिबिधि संचालन गर्ने जिम्मेवार व्यक्ति नभएकाले आफुहरुले सहज रुपमा अध्ययन गर्न नपाएको बिद्यार्थी प्रकाश खनालले दुखेसो पोख्नुभयो ।

 

महंगो शुल्कमा तिरेर पनि आफुहरु पढिरहेता पनि कलेज प्रशासनलाई बिद्यार्थीहरुको भविष्यप्रति कुनै चासो नभएको देखिएकोले तोडफोड भएको अर्का बिद्यार्थी ओम बहादुर डांगीले बताउनुभयो ।

 

कलेजमा यसअघि पनि पटक पटक आन्दोलन भएको  थियो । केही महिना अघि मात्र भएको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयमा बिद्यार्थी र प्रशासनबीचको छलफलबाट बिद्यार्थीहरुको माग पुरा गर्न सहमति भएको भएपनि हालसम्म कलेजले कुनै सम्झौता पुरा नगरेको बिद्यार्थी योगेन्द्र बुढाले बताउनुभयो ।

 

विद्यार्थीहरुले कलेजमा तोडफोड गरेसँगै ठूलो मात्रामा कलेज परिसरमा प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *