शिव श्रेष्ठdका छोरा र करिश्माकी छोरीको डेब्यु फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को टीजर रिलिज

छायांकनरत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को अफिसियल टीजर सार्वजनिक भएको छ । मंगलवार राजधानीको क्यूज सिनेमा हलमा एक कार्यक्रमका बीच अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस फिल्मको एक्सन प्याक्ड टीजर सार्वजनिक गरिएको हो ।
अभिनेता द्वय आयुष्मान देशराज जोशी र संजोग राणा तथा अभिनेत्री द्वय प्रियंका कार्की र वर्षा राउतलाई टीजरमा विशेष फोकस गरिएको छ । यसमा आयुष्मानको एङग्री लुक्स देख्न सकिन्छ । अभिनेता शिव श्रेष्ठ पनि टीजरमा अटेका छन्
‘एउटा यस्तो प्रेम कहानी’ मा नरेन खड्का, बिष्णु चेम्जोंग, रेखा फागो, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुव कोइरालालगायतका कलाकारहरुको पनि अभिनय छ ।
‘मन्दिरा’ निर्देशक दिपेश सापकोटा यस फिल्मका निर्देशक हुन् । ‘बागमती’ निर्माता द्वय यशोदा राई र दिनेश दर्शनधारीले शिवसँग मिलेर यस फिल्मको निर्माण गर्दैछन् । यसको कथा शिव आफैंले लेखेका हुन् । सुशन प्रजापतिले यो फिल्म खिचिरहेका छन् ।
टीजर हेर्नुस् :-

 

टीजरसँगै निर्माण टिमले दुई नयाँ कलाकारलाई मिडियासँग भेट गराएको छ । यस फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले डेब्यु गर्दैछन् । टीजरमा भने यी दुई अटेका छैनन् ।

‘एउटा यस्तो प्रेम कहानी’ मा शक्ति र कविताको जोडी बाँधिएको छ । खबरअनुसार, यो कपलले सुटिङ ज्वाइन गरिसकेका छन् । कार्यक्रममा उपस्थित करिश्माले छोरी कविताको डेब्युलाई लिएर आफू अचम्मित भएको बताउँछिन् ।
उनी भन्छिन्, ‘यो खुसी व्यक्त गर्ने मसँग कुनै शब्द छैन । म आफ्नै ब्यानरबाट कवितालाई लञ्च गर्ने तयारीमा थिएँ तर शिव दाईले उछिन्नु भयो । छोरीकोे डेब्युलाई लिएर निकै खुसी छु ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *