न्हूदँ र्याली स्थगित

कार्तिक २० । काठमाडाैं । म्हपुजाका दिन मनाउँदै अाइरहेकाे न्हूदँ र्याली रद्द भएकाे जानकारी भरखरै सूचना प्राप्त भएकाे छ ।

मानवअधिकारवादी नेता तथा भिंतुना र्यालीका अगुवा पद्मरत्न तुलाधरकाे निधन भएकाे कारण यस वर्षकाे न्हूदँ भिंतुना र्याली स्थगित गरीएकाे कुरा न्हूदँ समाराेह समितिबाट जानकारी प्राप्त भएकाे छ ।

यस र्याली काठमाडाैंमा मात्र नभइ देशका विभिन्न भागमा पनि स्थगित गरीएकाे जानकारी अायाेजकबाट घाेषणा गरीएकाे छ ।

त्यसै गरी हिजाे डल्लु अावासबाट निकालीकाे सुकुन्दा र्याली पनि माैन जुलुसकाे रूपमा परिणत भएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *