बैंकर्स संघको निर्णयको असर: जनता बैंकले मुद्दतिमा १२ र बचतमा सात प्रतिशत ब्याज दर पुर्यायो

काठमाडौं। बैंकर्स संघको बैठकले ब्यक्तिगत निक्षेपमा बैंकहरुलाई ब्याज आफै निर्धारण गर्न छाडिदिएपछि जनता बैंकले ब्याज बढाएको छ।

बैंकले ब्यक्तिगत निक्षेपको बार्षिक ब्याज दर १२ प्रतिशत पुर्याएको छ। यसअघि साढे १० प्रतिशत ब्याज दर प्रकाशित गर्ने सहमति भएको थियो। बैंकहरुले ११ प्रतिशतसम्म ब्याज दिन पाउँथे।

जनता बैंकले प्रकाशित गरेको १२ प्रतिशतको ब्याज दरमा अर्को आधा प्रतिशत बिन्दु थपेर साढे १२ प्रतिशतसम्म ब्याज दिन सक्छ।

१२ प्रतिशत ब्याज पाउनका लागि १ लाख रुपैयाँ खातामा राख्नु पर्छ। कम्तिमा ७५ दिनका लागि खाता खोल्नु पर्ने छ। बैंकले सबै बचत खाताको ब्याज दर सात प्रतिशत पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *